ताराबहादुर महत, पुस १६, दोलखा
दोलखाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।
जिल्लाको कालिञ्चोक, शैलुङ लगायतका उच्च हिमाली भेगका केही ठाउँमा आज हिमपात भएको हो । हिमपात भएसँगै सदरमुकाम चरिकोटसहित जिल्लाका अधिकांश ठाउँमा ठाउँहरुमा चिसो बढेको छ ।
हिमपात पछि चिसो बढेकोले गत बैशाखको विनाशकारी भुकम्पका कारण अस्थाई टहरामा जीवनयापन गरिरहनुभएका भुकम्प पिडित थप समस्यामा परेका छन् । चिसोले विशेषगरी बालबालिका, बृद्धबृद्धा प्रभावित भएका छन् ।