दलसिंह गिरी | पुस १७, कालिकाेट | विद्यार्थीहरुको पढाई सिकाई प्रभावकारी तथा विद्यार्थीहरु नियमित विद्यालयमा उपस्थीत भए नभएको शिक्षकहरुले सधै निगरानी गरिरहेको परिपेक्षमा उल्टै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | पुस १७, कालिकाेट | विद्यार्थीहरुको पढाई सिकाई प्रभावकारी तथा विद्यार्थीहरु नियमित विद्यालयमा उपस्थीत भए नभएको शिक्षकहरुले सधै निगरानी गरिरहेको परिपेक्षमा उल्टै "/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकाेटमा शिक्षककाे निगरानी बिद्यार्थीले गर्दै

२०७३, १७ पुष आईतवार ०७:४२

दलसिंह गिरी | पुस १७, कालिकाेट | विद्यार्थीहरुको पढाई सिकाई प्रभावकारी तथा विद्यार्थीहरु नियमित विद्यालयमा उपस्थीत भए नभएको शिक्षकहरुले सधै निगरानी गरिरहेको परिपेक्षमा उल्टै विद्यार्थीहरुले शिक्षक नियमित विद्यालयमा पढाई संचालन गरे नगरेको निगरानी गर्न थालेकाछन् । विद्यार्थी विद्यालयमा ढिलो उपस्थीत भएको, विद्यालयमा अनुपस्थीत भएको भन्दै छ छैन भन्दै सधै शिक्षकहरुले विद्यार्थीहरुको निगरानी गर्ने परिपाटी तोड्दै श्री जनजागृति मावि विद्यालय फुकोटका विद्यार्थीहरुले उल्टै शिक्षकको निगरानी गर्न थालेका हुन् ।

बिद्यालयमा विद्यार्थीहरुले शिक्षक कक्षा कोठामा कति खेर आउछ प्रति पिरेट कति मिनेट पढाउछ भन्नेवारे लगबुक तयार पारी टिपोर्ट राख्ने र शिक्षक अनियमित भएमा तुरुन्तै प्रधानाध्यापक समक्ष जानकारी गराउने परिपाटी जनजागृतिका विद्यार्थीले थालेका छन् । यूनिसेफ नेपालको आर्थिक सहयोग रेस्लेस डेप्लोमेन्टको प्राविधिक सहयोग तथा किर्डाक नेपाल कालिकोट द्वारा संचालित सम्भव परियोजनाको उत्प्रेरणा पश्चात जनजागृतिका विद्यार्थीले बढाई  सिकाइलाइ थप प्रभावकारी बनाउन यस्तो अभियान थालेका हुन ।

सम्भव परियोजनाले जिल्लाका १० वटा गाविसमा रहेका विद्यालयहरुमा विद्यार्थीको पढाई सिकाई प्रभावकारी बनाउन तथा विद्यार्थीको क्षेमता विकास गराउन विभिन्न यूनिक मार्फत शैक्षिक कार्यक्रम संचालन गरेपछि विद्यार्थीले यस्तो जागरण आफैबाट लागु गरेका हुन् ।

यतिमात्र नभै जिल्लाका अन्य विद्यालयका बिद्यार्थीले पनि यस्को सिको गर्न थालेका छन् । सम्भव परियोजना संचालित जिल्लाका १० वटा गाविस स्यूना सिपखाना, फुकोट, नानिकोट, बदालकोट, राम्नाकोट, सुकाटिया, गेला, फोइमहादेव र कालिकाका २० वटा लिडर र ६० वटा फिडर विद्यालयका बिद्यार्थीहरुले पनि यस्तो अभियानको सिको गर्न थालेका छन् ।

सम्भव परियोजना संचालित विद्यालयका किशोर किशोरीहरुको सिकाईलाई लक्षित गरी उनीहरुको सिकाइमा सुधार, उनीहरुको क्षेमता विकास, पढाईमा निरन्तरता, अन्तरनिहित प्रतिभाको प्रस्फुटन जस्ता विभिन्न जिवन उपयोगी गतिविधि संचालन गर्दै आएको सम्भव परियोजनाले विद्यालयमा बालबालिकाको दैनिक जिवनलाई समेत परिवर्तन गरेको भन्दै स्थानीय अभिभावकहरुले खुशी ब्यक्त गरेका छन् ।

बालबालिकाको जिवनमा देखिएको परिवर्तन र विद्यालयमा शिक्षकहरुमा देखिएको जिम्मेवारी बोधले अहिलेको खस्किदो शिक्षा क्षेत्रको सुधारमा सम्भवले टेवा पुर्याएकाे हुन सक्ने जिल्लाका केही जानकारहरु बताउछन् । आज जिल्ला सदरमुकाम मान्ममा किर्डाक नेपाल द्धारा संचालित एक कार्यक्रममा सम्बन्धित सरोकारवालाका जानकारहरुले यस्तो कुरा बताउदै यसको सिको कालिकोटबाट सुरुवात भएकाले यसलाई अन्य क्षेत्रमा शेयर गर्न जरुरी रहेको बताएका छन् ।

जिल्लामा संचालित सम्भव परियोजनाको गतिविधिबारे प्रकाश पारिरहनु भएका परियोजनाका अधिकृत खगेन्द्र बहादुर विष्टको प्रस्तुति माथि कोट गर्दै कार्यक्रमका सहभागिहरुले शिक्षा क्षेत्रको विकासमा श्रहानिय काम भएको बताउदै यसलाई जिल्लाको अन्य गाविसमा समेत विकास गर्न पर्ने धारणा राखेका छन् । यसका लागि आफ्नो क्षेत्रबाट गर्न सक्ने सम्पूर्ण सहयोगमा प्रतिवद्ध रहेको धारणा समेत राखेका छन् ।

सम्भव परियोजनाले विद्यालयहरुमा किशोर किशोरीहरुको याेङ्ग च्याम्पियन निर्माण गरी उनीहरुको क्षमता अभिबृद्धि नेतृत्व विकास, जन चेतनामूलक कार्यक्रम आफै अग्रसर, स्वस्थ प्रतिस्पर्धाको भावनाको विकास, यौन तथा प्रजनन् स्वास्थ्य तथा अन्य जीवन उपयोगी सीपहरुमा अभिप्रेरित गराई जागरु गराएको छ । यतिमात्र नभै विद्यालयमा अध्ययनरत साना बालबालिकालाई जुनियर याेङ्ग च्याम्पीयनमा संगठित गरी उनीहरुको क्षेमता विकासमा पनि पैरवी गरेको छ ।

जिल्ला शिक्षा कार्यालयका प्रमुख विष्णु प्रसाद तिवारीको अध्यक्षता किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डेको सहजिकरणमा किर्डाक नेपाल कालिकोटको सभाहलमा आयोजित परियोजना सल्लाहकार समितिको समिक्षात्मक छलफलमा सम्भव परियोजनाले संचालन गरेका कार्यक्रम तथा गतिविधिहरु विच ब्यापक छलफल भएको छ ।

छलफलमा परियोजना मार्फत भएगरेका गतिविधि र त्यहाबाट प्राप्त उपलब्धी अन्य क्षेत्र तथा निकायमा शेयर गर्ने निर्णय सहित सुर्धान पर्ने पक्षहरुको बुदागत टिपोट गरी कार्यान्वयनमा लैजाने निर्णय गरी छलफल सम्पन्न भएको छ । छलफल कार्यक्रममा शिक्षा संग सम्बन्ध राख्ने सम्पूर्ण सरोकारवालाहरुको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन