१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रेडियो कपुरकोटले निर्माण गरेको शौचालय हस्तान्तरण

१७ पुष २०७३, आईतवार १२:०५

शिवा डांगी, पुस १७, सल्यान । सल्यान धनवाङको कपुरकोट सेवा केन्द्र भित्र निर्माण भएको सार्वजनीक सौचालय व्यवस्थापन र सञ्चालनका लागी गाविसलाइ हस्तान्तरण गरिएको छ । आज आइतबार एक कार्यक्रमका विच धनवाङ गाउँ विकास समितीलाइ शौचालय हस्तान्तरण गरिएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सल्यानको सहयोगमा सामुदायीक रेडियो, रेडियो कपुरकोट सल्यानले निर्माण गरेको दुइ कोठे पक्की शौचालय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख शिव प्रसाद देवकोटाले गाविस सचिव टुकाराम ओलिलाइ हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै उनले शौचालय निर्माण भन्दा त्यसको व्यवस्थापन र संचालनको समस्या हुने भएकाले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए । उनले भने– ‘सार्वजनीक सौचालयको सञ्चालनका लागी चुनौती हुने गरेको छ, पानीको व्यवस्था, सरसफाइ लगाएतका कामका लागी एक जना व्यक्तिको आवश्यकता पर्ने गर्छ, यसमा स्थानीय तहबाटै पहल हुनुपर्छ ।’

धनवाङका अलाबा सिनवाङ, रिम, गर्पा तथा फालावाङ, छिमेकी जिल्लाका केहि गाविसका सेवाग्राहि समेत कपुरकोट सेवा केन्द्रमा आउने भएकाले शौचालयको खाँचो रहेको थियो । र रेडियो कपुरकोटले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सल्यानको २ लाख ३७ हजार, जनश्रमदान ५९ हजार २ सय ५०, गाविसको प्राविधिक सहयोग गरि जम्मा २ लाख ९६ हजार २ सय ५० को लागतमा शौचालय निर्माण भएको हो ।

गाविस सचिव ओलिको प्रमुख आतीथ्यता र डिभिजन प्रमुख देवकोटाको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा डिभिजन कार्यालयका इन्जीनियर डिलाराम श्रेष्ठ, एमाले सल्यानका उप सचिव भिम बहादुर सेन, काग्रेस जिल्ला सदस्य चन्द्र प्रकाश बुढा, गाविसमा क्रियाशिल दल काग्रेसका मिन बहादुर सेन, एमालेका चित्र बहादुर थापा, माओवादी केन्द्रका खड्क सिंह ठकुरि, स्वास्थ्य चौकीका इन्चार्ज देवेन्द्र सेन, पशु सेवा कार्यालयका प्रमुख कमल कुशुम आचार्य, कृषि सेवा केन्द्रका टिका राइ, रेडियो कपुरकोटका स्टेशन मैनेजर सन्तोष जिएम लगाएतकाको उपस्थीती थियो । कार्यक्रमको सहजिकरण पत्रकार शंकर के सीले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह