ताराबहादुर महत | पुस १७, दोलखा | हरेक कुराको अर्थ सन्दर्भ अनुसार फरक हुन्छ । ‘रातो’ रङको संकेत पनि त्यस्तै हो । कहिले रातो रङ्को संकेत ‘विजय’ अर्थात ‘जित’ हुन्छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत | पुस १७, दोलखा | हरेक कुराको अर्थ सन्दर्भ अनुसार फरक हुन्छ । ‘रातो’ रङको संकेत पनि त्यस्तै हो । कहिले रातो रङ्को संकेत ‘विजय’ अर्थात ‘जित’ हुन्छ "/>
१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मर्ने हल्ला दोलखा पुगेपछि …

१७ पुष २०७३, आईतवार १३:२६

ताराबहादुर महत | पुस १७, दोलखा | हरेक कुराको अर्थ सन्दर्भ अनुसार फरक हुन्छ । ‘रातो’ रङको संकेत पनि त्यस्तै हो । कहिले रातो रङ्को संकेत ‘विजय’ अर्थात ‘जित’ हुन्छ । कहिले यसको अर्थ ‘खतरा’ हुन्छ ।

कुरा अहिले देशभर फैलिएको रातो नम्बरबाट आएको कल उठाउँदा मान्छे मरिने सन्दर्भको हो । केहि दिन अघिदेखि रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मरेको भन्ने हल्लाले सम्पुर्ण मोबायल फोन प्रयोगकर्ताहरु आतंकित बनेका छन । एनसेलको सिमकार्ड भएको मोबायलमा रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मरेको हल्ला सुनेपछि कतिपय एनसेल प्रयोगकर्ताले सिमकार्ड समेत फालेको बताएका छन ।

दोलखा सदरमुकाम चरिकोट सातदोबाटोमा पनि एक व्यक्तिको मोबाइलमा रातो नम्बरबाट फोन आएको र मोबाइल फ्याँक्दा पड्किएको भन्ने हल्लाले चरिकोट बजार र दोलखा जिल्ला नै व्याप्त बन्यो । सो  हल्लापछि धेरै जसो मानिसहरुले आ–आफ्ना आफन्तहरुलाई फोन गरेर एनसेलको सिमकार्ड प्रयोग नगर्न सुझाव दिएको बताएका छन ।

उक्त हल्ला फैलिने बित्तिकै दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रविन कार्कीलाई सम्पर्क गरेर सोध्दा उक्त हल्ला निराधार र भ्रम फैल्याउने दुष्प्रयास मात्र भएकोले हल्लाको पछि नलाग्न अनुरोध गर्नुभयो । यो हल्ला मात्र भएको भन्ने पुष्टी गर्न कुनै विज्ञप्ती वा आधिकारिक अनुरोध किन नगरेको भन्ने प्रश्नमा उहाँले त्यसका लागि माथिल्लो निकायबाट अनुमति लिनुपर्ने भन्दै प्रमाण स्वरुप फोन कल रेकर्ड गरे हुन्छ भनी हल्ला निराधार भएको दाबी गर्नुभयो । 

त्यसपछि मैले नेपाल टेलिकम दोलखा शाखाका प्रमुख श्याममणि अर्याललाई सम्पर्क गरी यस बारेमा जिज्ञासा राख्दा अहिले सम्म कुनै पनि प्राविधिक त्रुटी वा अन्य कारणले फोन उठाएर कुरा गर्दा मान्छे मर्नेसम्मको घटना हुन नसक्ने बताउनुभयो । मोबायल फोन चार्ज गरीरहेको समयमा कुरा गर्दा कहिलेकाहिँ उच्च विद्युत प्रवाह (हाई भोल्टेज) का कारण मोबायल पड्किएर दुर्घटना हुन सक्ने भएपनि अरु अवस्थामा हल्ला गरिए जस्तो दुर्घटना हुन नसक्ने उहाँको भनाई थियो ।

यसरी देश व्यापी रुपमा फैलिएको हल्लामा कसैले नुवाकोट, कसैले धादिङ र कसैले मकवानपुरमा रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मरेको भन्ने गरेको भएपनि सम्बन्धित जिल्लाका प्रहरी अधिकारीहरुले कुनै जानकारी प्राप्त नभएको भनेको खबरहरु विभिन्न अनलाईन मिडियाहरुले प्रकाशित गरेका छन । ती जिल्लाहरुमा फोन आएको मोबायल एनसेलको भएको हल्ला सुनेपछि एनसेलले समेत आफ्नो फेसबुक पेजमा यो हल्ला मात्र भएको उल्लेख गरेको छ ।

आफ्नो देशका नागरिकहरुलाई शान्ति, सुरक्षा र अमनचयनको वातावरण सिर्जना गराउने बढी जिम्मेवारी राज्यको हो । राज्यमा शान्ति सुरक्षामा काम गर्ने गृह मन्त्रालय, जिल्ला स्थित जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र फोन प्रविधिबारे जानकार नेपाल टेलिकमले अहिलेसम्म आधिकारिक रुपमा देशभर भाईरल बनेर फैलिएको कुरा हल्ला मात्र हो भनेर जानकारी नगराउँदा करोडौं फोन प्रयोगकर्ताहरु त्रास र अन्यौलतामा बाँच्न विशस भएका छन । रातो नम्बरबाट फोन आउँछ कि आउँदैन ? आउँछ भने कस्तो अवस्थामा कहाँबाट आउँछ र यसको कारण के हो ? यदि यो हल्ला मात्र हो भने राज्यले बनाएको विद्युतिय कारोबार ऐनलाई टेकेर हल्ला फैलाएर देशको शान्ति सुरक्षा खलल पार्ने दोषीलाई कारबाही किन कारबाही नगरेको ? यसतर्फ समयमै सरोकारवाला निकायको ध्यान जान जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन