आज मिडिया ने"/>
आज मिडिया ने"/>
सुरेश भट्ट, पुस १८, कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले स्थानिय निकायको निर्वाचन मिति तत्काल घोषणा गर्न माग गरेका छन् ।
आज मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलन मा बोल्दै अध्यक्ष थापाले स्थानिय निकायको निर्वाचन मिति तत्काल घोषणा गर्न माग गरेका हुन् ।
स्थानिय निकायको निर्वाचन घोषणा गर्न अब ढिला गर्नु हुदैन भन्दै उनले भने वैशाख सम्म निर्वाचन गर्न सकेपछि मात्र अन्य दुइ निकायको निर्वाचन गर्न सकिने वताउनु भयो । साथै राष्ट्रियताको रक्षा र नेपाललाइ हिन्दु राष्ट्र बनाउनु पर्ने उनको भनाइ थियो ।
सम्मेलन मा पार्टीका राष्ट्रिय अध्यक्ष पशुपती शमशेर राणा बरिष्ठ नेता डा.प्रकाश चन्द लोहनी समेतको उपस्तिथी रहेको थियो ।