२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा विवाह गर्ने उमेर नपुग्दै सम्बन्ध विच्छेद

२०७३, १९ पुष मंगलवार ०९:३०

कविता उपाध्याय, पुस १९, रोल्पा । धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षको हुनुभयो । सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिनु भयो । 

विवाहपछि एकअर्काका बीचमा अनेक चाहना र बाध्यताहरु सुरु हुन थाले । विवाह भएको करिव २ वर्षमै डाँगीले २०७३ साल मङ्सिर २७ गते जिल्ला अदालत रोल्पामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्नुभयो । 

डाँगीका अनुसार २०७१ साल फागनुमा उहाँका श्रीमान् वैदेशिक रोजगारीका लागि बिदेसिएर फोनबाटै गालीगलौज गर्ने, घरमा खर्च नपठाउने, फोनबाटै मेरो घर तुरुन्त छोड भन्ने जस्ता शब्द प्रयोग गरेर डर धम्की दिने गर्न थालेपछि डाँगी अन्तमा सम्बन्ध विच्छेदको निर्णयमा पुग्नुभएको हो । हाल उहाँले दर्ता गराउनुभएको सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा रहेको जिल्ला अदालत रोल्पाले जनाएको छ । 

राङ्सी–५ रोल्पाकी दीपा घर्तीमगरले आजभन्दा ८ वर्ष पहिले १५ वर्षको कलिलो उमेरमा कोर्चाबाङ–७ रोल्पाका खडकबहादुर घर्तीसँग प्रेम विवाह गर्नुभएको थियो । सो¥ह वर्षको उमेरमा आमा बन्नुभएका घर्तीले आफ्नो अध्ययनलाई ४÷५ कक्षाभन्दा माथि उठाउन सक्नुभएन । दुबैको मञ्जुरीमा प्रेम विवाह गर्नुभएका घर्तीका पछिल्ला दिनहरु निकै कष्टकर बन्दै गए । दिनभरि काम गर्दा पनि श्रीमान्ले पेटभर खान नदिएको, रातदिन कुटपिट गर्ने गरेको, वैदेशिक रोजगारीमा पुगेपछि आफू र आफ्नो बच्चाको बेवास्ता गरेको तथा विभिन्न किसिमका घरेलु हिंसा गरेको भन्दै न्यायको ढोका ढक्ढक्याउन उहाँ पटक पटक इलाका प्रहरी कार्यालय घर्तीगाउँमा पुग्नुभयो । पटकपटक घर्तीगाउँ प्रहरीले श्रीमान् श्रीमतीका बीचमा मेलमिलाप गराएर पठायो । तर स्थायी रुपमा उहाँहरुका बीचमा सुमधुर सम्बन्ध कायम हुन सकेन । अन्तमा घर्ती सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा पुग्नुभयो । 

त्यसैगरी, कोटगाउँ–७ रोल्पाका १७ वर्षीया कमला बुढा र कोर्चाबाङ गाविस–२ रोल्पाका २० वर्षीय समीर बुढाबीच २०७० साल भदौ २५ प्रेम विवाह सम्पन्न भएको हो । बुढा दम्पतीका बीचमा पनि सुमधुर सम्बन्ध कायम हुन सकेन । विसं २०७१ असोज १० गते पारिवारिक झगडा भएपछि माइतीघरमै बस्दै आउनुभएका श्रीमती कमला बुढाले २०७३ साल साउन १९ गते जिल्ला अदालत रोल्पामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराउनुभएको छ । 

गैरीगाउँ–१ रोल्पाका १८ वर्षीया पवित्रा केसीले बुढागाउँ–९ रोल्पाका १८ वर्षीय हेमराज पुनसँग २०७० साल पुष १५ गते प्रेम विवाह गर्नुभएको थियो । उहाँका श्रीमान् विवाह भएको करिव १ महिनापछि कामको खोजीमा काठमाडाँैंको ईंटा भट्टामा पुग्नुभयो । छ महिना पछि त्यहाँबाट कामकै खोजीमा भारत जानुभयो । यसरी भारत पुगेका श्रीमान्ले घरमा भएकी श्रीमतीको बेवास्ता गर्ने, खर्च नपठाउने गर्न थालेपछि आफ्ना दिनहरु थप कष्टकर बन्दै गएको केसीले बताउनुभयो । 

घरमा भएका परिवारले समेत मानसिक यातना दिन थालेपछि उहाँ माइती घरमा बस्न थाल्नुभयो । 

माइतीले छोरीलाई घरमै बस्ने वातावरण मिलाउन धेरै प्रयास गरेको तर सम्भव नभएको केसीका भाउजूले बताउनुभयो । उहाँले भन्नुभयो – “हामीले नानीलाई घरमै बसाल्ने वातावरण मिलाउन धेरै प्रयास ग¥यौं तर ज्वाइँले कुटपिट गर्न र यातना दिन छा्ड्नु भएन । माइतीमै राख्नुपर्छ भने किन सम्बन्ध गाँसिरहने भन्ने सोची सम्बन्ध विच्छेदको निवेदन दिन लिबाङ आएका छौं ।” 

राँक–५ रोल्पाका ५० वर्षीया कौशिला विकले पनि सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गराउनुभएको छ । श्रीमान् कुलवीर कामीले मदिरा सेवन गरी कुटपिट गर्ने, गालीगलौज गर्ने, आफ्नो कामको मूल्याङ्कन नगर्ने, सधैं झगडा गरी आफूलाई शारिरीक तथा मानसिक यातना दिने गरेको उहाँले पेस गर्नुभएको निवेदनमा उल्लेख छ । उहाँका मुद्दा पनि विचाराधीन अवस्थामा रहेको अदालतले जनाएको छ । 

यसरी १७/१८ वर्षको उमेरदेखि ५०/५५ वर्षको उमेर समूहका महिलाहरु सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा आउने गरेको मुद्दा फाँटका नासु दामोदर दाहालले जानकारी दिनुभयो । 

मुद्दा फाँटका खरिदार दिपेन्द्रराज श्रेष्ठका अनुसार जिल्ला अदालत रोल्पामा यस आर्थिक वर्षमा मात्र जम्मा ५० वटा नयाँ र २० वटा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका गरी कुल ७० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । यस आवमा ३३ वटा सम्बन्ध विच्छेदका मुद्दाको फैसला भइसकेका छ । सातवटा मुद्दामा अंशसहित सम्बन्ध विच्छेद गर्न खोजेको भएपछि अन्य कसैले पनि अंश दावी गरेको देखिएको छैन । 

जिल्ला न्यायाधीस कमलप्रसाद ज्ञवालीका अनुसार सम्बन्ध विच्छेदको समस्या पछिल्लो दिनमा रोल्पा जिल्लामा मात्र नभएर देशभर नै बढ्दै गएको छ । विशेषगरी बालविवाहका कारण विवाह गर्ने उमेरका किशोरकिशोरीले सम्बन्ध विच्छेद गर्ने गरेको पाइएको छ । 

यस्तै, प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगर प्रहरी कार्यालय रोल्पामा आएका सबैजसो घटना मिलापत्र गरी पठाउने गरिएको बताउनुहुन्छ । उहाँका अनुसार नगण्य घटना मात्रै सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत पुग्ने गरेका छन् । 

जिविस रोल्पाका सामाजिक विकास अधिकृत रत्नज्योति हमालका अनुसार एकाध बाहेक जिल्लामा बालविवाह गरेका अधिकांश जोडीले नै सम्बन्ध विच्छेद गर्ने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने