२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुदूरपश्चिमबाटमात्रै तीन हजार बढी उजुरी अख्तियारमा दर्ता

२०७३, २० पुष बुधबार १२:१२

नरी बडु, पुस २०, बैतडी । नेपाल सरकारले विकास निर्माणका लागि तथा अन्य कामका लागि छुट्याएको बजेट हिनामिना गरेको भन्दै सुदूरपश्चिमबाट मात्रै अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा ३ हजार बढी उजुरी दर्ता भएका छन् ।

स्थापना कालदेखि हालसम्म सुदूरपश्चिममा ३ हजार १ सय ४४ उजुरी दर्ता भएको अख्तियारको तथ्याङ्कमा उल्लेख छ ।

सबैभन्दा बढी कैलालीमा ९ सय ११ र सबैभन्दा कम बाजुरामा ९० भ्रष्टाचार सम्बन्धि उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय महेन्द्रनगरका प्रमुख विष्णुसिह विष्टले बताए ।

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा आयोगको भुमिका विषयक बैतडीमा गरिएको अन्र्तक्रिया कार्यक्रममा प्रमुख विष्टले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

जसमध्ये नाम नखुलाएर १ हजार ६ सय ६५, व्यक्तिको नाम खुलाएर १ हजार ३ सय ५७, संस्थागत रुपमा ९८  र पत्रपत्रिकाबाट ५४ उजुरी दर्ता भएको विष्टले बताए ।

०७३ मंसिर मसान्त सम्म बैतडी जिल्लामा दर्ता भएका ३ सय ८३ उजुरी मध्ये ३ सय २२ उजुरी फर्च्यौट भैसकेका छन् । अब ६१ उजुरी फर्च्यौट हुन बाँकि छन् ।

आख्तियारमा पर्ने उजुरीहरुमध्ये ९० प्रतिशत व्यक्तिगत रिसिबिका कारण अर्थात भ्रष्टाचार नभईकन आउने गरेको अख्तियारका सहसचिव इश्वरराज पौडेलले बताए ।

उहाँका अनुसार साँचिक्कै भ्रष्टाचार भएको स्थानका उजुरीहरु कम आउने गरेका छन् । सबै व्यक्तिहरुको मिलेमतोमा भ्रष्टाचार मौलाएकाले उजुरी दिने कम भएको उहाँको भनाई छ ।

आफ्नो क्षेत्रमा संञ्चालित योजनाहरुको बारेमा ध्यान दिन स्थानीय नागरिकको दायित्व भएकाले सागंठनिक भ्रष्टाचारलाई रोक्न जरुरी रहेको उनले बताए ।

उपभोक्त समितीमाफर्त गाँउमा संञ्चालन हुने योजनाहरुमा बढी भ्रष्टाचार हुने गरेको अन्र्तक्रियामा सहभागि सरोकारवालाहरुको गुनासो छ ।

विकास निर्माणका काममा खबरदारी गर्ने राजनीतिक दलका कार्यकर्ता नै उपभोक्त समितीका अध्यक्ष र सदस्य हुने भएकाले भ्रष्टाचार बढी भएको सरोकारवालाको बुझाई छ ।

उपभोक्त समितीमार्फत सबै दलका कार्यकर्ताको मञ्जुरीमा भ्रष्टाचार मौलाएको नागरिक समाजका जिल्ला संयोजक गणेश ठगुराठीको भनाई छ ।

जिल्लाका अधिकासं गाविस सचवहरु गाँउ नबसीकन सदरमुकाममा बस्दै आएको स्थानीयले गुनासो गरेका छन् । संघ–संगठनका कामको बाहानामा सचिवहरु गाँउ छोड्दै सदरमुकाम केन्द्रित भएको स्थानीयको भनाई छ ।

नेपाल सरकारले सचिवहरुको यात्रा सहजताका लागि मोटरसाईकल खरिद गरेको भएपनि सचिवहरुको मोटरसाईकल सदरमुकामका रोडहरुमा दौडेको देखिन्छ ।

पेसागत संघ–संगठनको नाममा सचिवहरु सदरमुकाम बस्दै आएका छन् ।

क्याप्सन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीमा गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरी, आयुक्त सावित्रि थापा गुरुङ र सहसचिव ईश्वर राज पौडेल

तस्बिर : नरी बडु


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन