१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दनपाद्वारा तेह्र करोड बढी बजेट प्रस्तावीत

२२ पुष २०७३, शुक्रबार १५:००

नरी बडु, पुस २२, बैतडी । जिल्लाको दशरथचन्द नगरपालिकाद्वारा आर्थिक वर्ष ०७३/०७४ का लागि १३ करोड ७ लाख ३७ हजार ३ सय १२ रुपयाँ बरावरको बजेट प्रस्तावित गरिएको छ ।

शुक्रबार संघिय लोकतानित्रक गणतन्त्र स्थापना पछिको १० औँ नगरपरिषदमा उक्त प्रस्ताव गरिएको हो । चालुतर्फ ७० लाख ३२ हजार, समाजिक सुरक्षा तर्फ ४ करोड ८२ लाख १० हजार, सामुदायिक विकास कार्यक्रमतर्फ ४१ लाख ३४ हजार, दातृ निकाय (युनिसेफ) तर्फ १७ लाख ५० हजार ४ सय २५, स्वास्थ्य कर्मचारीतर्फ ६ लाख २० हजार, भवन निर्माण तर्फ ७५ लाख, सौर्य सडक बत्ति तर्फ ३३ लाख ९० हजार, नगर सरसफाईतर्फ १५ लाख ५० हजार र पुजिगत खर्च तर्फ ५ कराड ६५ लाख ५० हजार ८ सय ८७ रुपया प्रस्ताव गरिएको दशरथचन्द नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्माले बताए ।

परिषदमा बार्षिक नीती तथा कार्यक्रम र बजेट बक्तव्य प्रस्तुत गर्दै कार्यकारी अधिकृत शर्माले स्थानिय निकायको विद्यमान संरचनाको हकमा यो अन्तीम नगरपरिषद हुन सक्ने भन्दै सम्भावित सवालहरु नगरक्षेत्रका क्रियाशिल राजनितीक दलका प्रमुख संगको छलफल तथा परामर्स पश्चात वजेट तथा कार्यक्रम तयार गरी प्रस्तुत गर्न लागेको वताए ।

यस्तै परिषदले आगामी आर्थिक वर्ष ०७४/०७५ का लागी कुल १३ करोड ४० लाख १६ हजार अनुमानित बजेट प्रस्तावित गरिएको छ ।  जस मध्ये चालु खर्च तर्फ रु ७५ लाख ८५ हजार, समाजिक शुरुक्षा तर्फ ५ करोड, सामुदायिक कार्यक्रम तर्फ २० लाख, स्वास्थ्य कर्मचारी तर्फ ६ लाख २० हजार, भवन निर्माण तर्फ ७५ लाख, सौर्य सडक वत्तितर्फ  ४० लाख, नगरसरसफाई तर्फ १५ लाख ५० हजार र पुजीगत खर्च तर्फ रु ५ करोड ६२ लाख ६१ हजार रहेको छ ।  

परिषदको क्षेत्रगत निति तथा कार्यक्रम अन्र्तगत बाल उद्यान, पार्क भ्यू टावर, जिल्लाको गोठलापानी–साहिलेश र गडी बजारलाई मध्यनजर गर्दै निर्माणाधिन चक्रपथलाई नगरको ग्रिन बेल्टको रुपमा स्थापित गर्ने जस्ता महत्वपुर्ण योजना समावेस गरिएका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह