दिनेश ठकुल्ला । पुस २४, धनगढी । कैलालीमा केही दिनयता चिसो अत्यधिक बढेको छ । चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सुले हवाई उडानसमेत प्रभावित हुँदै आएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला । पुस २४, धनगढी । कैलालीमा केही दिनयता चिसो अत्यधिक बढेको छ । चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सुले हवाई उडानसमेत प्रभावित हुँदै आएको"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा चिसो बढेपछि जनजीवन कष्टकर, दाउरा वितरण गरिने

२०७३, २४ पुष आईतवार ०७:१७

दिनेश ठकुल्ला । पुस २४, धनगढी । कैलालीमा केही दिनयता चिसो अत्यधिक बढेको छ । चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सुले हवाई उडानसमेत प्रभावित हुँदै आएको छ ।

कैलालीमा शुक्रबार यस वर्षकै सबैभन्दा कम अधिकतम तापक्रम मापन भएको छ । अधिकतम तापक्रम १३.८ र न्यूनतम तापक्रम १० डिग्री सेल्सीयस कायम गरिएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाले जनाएको छ ।

यस्तै सापेक्षित आद्रता १०० प्रतिशत रहेको सो कार्यालयका प्रमुख राममणी मिश्रले जानकारी दिनुभयो । सापेक्षित आद्रता बढी भएकाले चिसोको अनुभव पनि बढी भएको उनले बताउनुभयो । हावामा हुने पानीको मात्राको आधारमा सापेक्षित आद्रता मापन हुने उल्लेख गर्दै उनले हावामा पानी (शीत) को मात्रा अत्यधिक भएकाले चिसो बढेको बताउनुभयो  ।

यस्तै पश्चिमी वायुको प्रभाव र पहाडी क्षेत्रमा वर्षा हुनुले पनि यहाँ चिसो बढेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाले जनाएको छ ।  तीन दिनयता यहाँ अधिकतम र न्यूनतम तापक्रम अन्य दिनको तुलनामा न्यून रहेको सो कार्यालयको भनाई छ ।

कैलालीमा तीन दिनदेखि शितलहर चलिरहेको छ । चिसो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढी समस्यामा परेका छन् । न्यानो लुगाको जोहो गर्न नसक्ने विपन्न वर्ग चिसोले मारमा परेका छन् । चिसोमा दम, रुखाखोकीलगायतका समस्या बढ्ने भएकाले सतर्कता अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् ।


चिसो बढेपछि धनगढी नगर क्षेत्रमा धनगढी उपमहानगरपालिकाले दाउरा वितरण गर्ने भएको छ । शीतलहरका कारण अत्याधिक चिसो बढेपछि आगो बाल्नका लागि नगर क्षेत्रमा दाउरा वितरण गर्न लागिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

चिसोबाट बच्नका लागि नगरका विभिन्न क्षेत्रमा आगो बाल्न दाउरा वितरण गर्न लागेको उपमहानगरपालिकाले जनाएको छ । पुष महिनाको तेस्रो सातासम्म पारिलो घाम लागेको कैलालीमा बुधबारदेखि बाक्लो हुस्सु लाग्न थालेको हो ।

चिसोले बजार क्षेत्रमा मानिसहरुको चहलपहल कम भएको बताइएको छ । दैनिक मजदुरी गरेर गुजारा गर्दै आएका मजदुरहरु अत्यधिक चिसो भएपछि समस्या परेका छन् । चिसोमा सबैलाई राहत होस् भनेर आगो बाल्नका लागि दाउरा वितरण गर्न लागिएको धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्यानकुमार थापाले बताउनुभयो ।

नगर क्षेत्रमा विभिन्न चोक, अस्पताल तथा मानिसहरुको बढी भीडभाड हुने ठाउँहरुमा आगो बाल्नका लागि दाउरा वितरण गर्ने र आगो बँल्ने व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो ।

यस्तै जाडो मौसम सुरु भएसंगै दाउराको कारोवार ५० प्रतिशतले बढेको छ । गर्मी मौसमको तुलनामा दाउराको करोबार ५० प्रतिशतले बढेको दि टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड शाखा कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा