पुस २४, परासी । जाडोले कंग्रिदै आएका मुसहर बस्तीमा विभिन्न संघ संस्थाहरुले न्यानो कपडा वितरण गरेका छन् । प्रकृति युवा क्लब परासी, युवा संघ नेपाल क्षेत्र नं. ६ नवलपरासी, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २४, परासी । जाडोले कंग्रिदै आएका मुसहर बस्तीमा विभिन्न संघ संस्थाहरुले न्यानो कपडा वितरण गरेका छन् । प्रकृति युवा क्लब परासी, युवा संघ नेपाल क्षेत्र नं. ६ नवलपरासी, "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जाडोमा कठ्याङ्ग्रिएका मुसहर समुदायमा खुसिको लहर (फोटो फिचर)

२४ पुष २०७३, आईतवार ०७:३८


पुस २४, परासी । जाडोले कंग्रिदै आएका मुसहर बस्तीमा विभिन्न संघ संस्थाहरुले न्यानो कपडा वितरण गरेका छन् । प्रकृति युवा क्लब परासी, युवा संघ नेपाल क्षेत्र नं. ६ नवलपरासी, र विवेकशिल नेपाली नवलपरासी र रुपन्देहीद्धारा मुसहर बस्तीका ४५ घरधुरी संख्यालाई न्यानो कपडा वितरण गरिएको हो।

ति संघ संस्थाहरुद्धार मुसहरहरुलाई कम्बल, मेट्रेस, जकेट, सुईटर लगायतका विभिन्न न्यानो कपडाहरु वितरण गरिएको नागरिक वडा मन्चका संयोजक बच्चाराज भरले जानकारी दिए । न्यानो कपडा पाएपछि मुसहर समुदाय हर्षित हुदै यस कपडाले हामीलाई जाडोमा निकै ठुलो सहयोग पुग्ने आश व्यक्त गरे । नवलपरासीको गुठीपर्सौनी वडा नम्बर ३ कठहवा स्थित सयांै वर्षदेखि बसोबास गर्दै आएको मुसहर बस्ती आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र राजनितिक दृष्टिकोणले धेरै पछाडी परेका छन् । दिनचर्या चलाउन दिन्हुँ मुसहरहरु गाउँगाउँमा गर्ई जमिन्दारहरुको ज्याला मजदुरी गर्ने गरेका छन् । मुसहर बस्तीका किसानहरु साँझ विहानको छाँक टार्न मजदुरी कमाउने कामले व्यस्त भईरहँदा तिनका बालबालिकाहरु पठनपाठन समेत बाट बन्चित हुदै गएका नागरिक वडा मन्चका संयोजक राजभरले बताए ।


जाडोमा सफा सुग्धर कपडा, कलमकपी, झोलाहरु नभएकै कारण बालबालिकाहरु स्थानिय विद्यालयको पहुँचबाट टाढिदै गएछन् । मुसहर समुदायले हामीलाई लगाउने ओछयाउने कपडना पुग भयो भन्दै अब हामीलाई सहयोग गर्ने संघ संस्थाहरुले हाम्रा बालबालिकाहरुलाई विद्यालयमा पठनपाठनका लागि शैक्षिक सामाग्रीहरु सहयोग गर्न यसै संचार माध्यम मार्फत आग्रह गरे ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह