१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

युवतीलाई विवाह गर्ने सपना देखाई यौन शोषण गर्ने युवा पक्राउ

२४ पुष २०७३, आईतवार १५:३१

भाष्कर के.सी | पुस २४, कञ्चनपुर | कक्षा ११ मा पढ्दै गरेकी युवतीलाई विवाह गर्ने सपना देखाई यौन शोषण गर्ने महाकालीपारी चाँदनीका वर्ष २१ का विष्णु जोशीलाई प्रहरीले नियन्त्रणमा लिई कारर्वाही अगाडी बढाएको छ  ।

२०७३ बैशाख देखि सिलाई सिक्न गएको बेला एकअर्का भेटी मायाँ साटासाट गरेको र संगै जिउने सपना देखेर मायाँको गाँठोमा बाधिन पुगेकी वर्ष १८ की हिरा (नाम परिर्वतन गरिएको) प्रेमीले आफु बाहुन भएको र क्षेत्रीको छोरीसँग विवाह नगर्ने तथा बच्चा पनि आफ्नो नभएको भने पछि विच्चलीमा परेकी छिन् ।

समाजमा बस्न ग्राहो भएपछि सात महिनाको गर्भ लिएर महिला तथा वृद्ध सेवा केन्द्रको शरणमा पुगेकी उनले भनिन् । आफुले पहिलेनै आफु गर्भवती भएको प्रेमीलाई जानकारी गराएको त्यसबेला विवाह गर्ने धोका नदिने बचन गर्दै आएका, जोशी लगतै भदौ २९ गते भारत रोजगारीका लागि गएर पुसको महिना घर आएपछि जोशीले एक्कासि उनलाई स्विकार्न नसक्ने बताए पछि उनलाई सारै ग्राहो परेको, आफनो भन्दा पनि हुने वाला बच्चाको भविष्य के हुने भनेर चिन्तित रहेको उनले बताइन् । 

दुवै पक्षलाई बोलाएर यही पुस १५ गते इलाका प्रहरी कार्यालयले मिलोमतो गर्न खोज्दा जोशीआफुले नस्विकार्ने तथा जे गरे पनि गर तर मेरो बदनाम गरिस भने जिउदै मारिदिन्छु भनेर धम्की दिएको पिडितले बताइन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मानव बेचविखन अन्तर्गत योनशौषण मुद्दा दर्ता गरि कारवाहि अगाडी बढाएको छ । कोही पनि निर्दोषले सजाय नपाउन तर  पिडित पक्षलाई न्याय दिलाउने र पिडक पक्षलाई कारवाही दिलाउन आफु लागेको महिला तथा वृद्ध सेवा केन्द्रकी अध्यक्ष सारदा चन्दले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन