१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुतारमा पहिरोको उच्च जोखिमा परेका ३३ घरपरिवारलाई सहयोग गरिने

२६ पुष २०७३, मंगलवार ०५:३८

कमल रावल | पुस २६, मंगलसेन | जिल्ला दैवि प्रकोप उद्धार समिती अछामको बैठक जिल्ला प्रशासन कार्यालय अछाममा सम्पन्न भएको छ । 

जिल्ला दैवि प्रकोप उद्धार समिती अछामका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सैनाको अध्यक्षतामा बसेको बैठकले यस जिल्लाको सुतार गाविस वडा नम्बर २ मा हालै गैरहेको सुक्खा पहिरोका कारण गाविसका २,४,५ र ७ नम्बर वडाका ३३ घर परिवार उच्च जोखिममा रहेकाले सम्भावित दुर्घटना बाट जोगिन प्रकोप पिडित उद्धार र राहत सम्बन्धि मापडण्ड अनुसार प्रतिपरिवार २० हजार उपलब्ध गराउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिती, जिल्ला प्रहरी कार्यालय समेतले अनुगमन गरि घर बनाउन सुरु गरेका विस्थापित परिवारलाई क्रमश उपलब्ध गराउने निर्णय गरिएको हो । 

सुख्खा पहिरो बाट विस्थापित ३३ घर परिवारलाई विभिन्न संघ सस्थाहरुले जिल्ला प्रशासन कार्यालय संग समन्वय गरि आ आफ्नो कलष्टर बमोजिमका राहत एवं अन्य कार्यहरु यथा सिग्र गर्ने निर्णय भएको जिल्ला दैवि प्रकोप उद्धार समिती अछामका संयोजक तथा प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाले जानकारी दिनु भयो । हाल पहिरो पिडित परिवार अन्य स्थानमा विस्थापित भैरहेका छन । सो ठाउँमा भरखरै मात्रै सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचाको नेतृत्वमा स्थलगत अनुगमन गरि प्रतिवेदन बुझाईए पछि विस्थापित परिवारलाई अन्यन्त्र बसोवासका लागी पहल भैरहेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला दैवि प्रकोप उद्धार समितिको कोषमा हाल रकम न्यून भएकोले अहिले सम्मको खर्चको विवरण गृह मन्त्रालयमा पठाई केन्द्रिय दैवि प्रकोप उद्धार समितीको कोषबाट रु २५ लाख पठाउन गृहमन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको बताउनु भयो । 

बैठकले यस जिल्लाको विभिन्न स्थानहरुमा गत असार साउन महिनाको प्राकृतिक विपत्तीको कारण वालिनाली क्षती भएका कृषकलाई राहत उपलब्ध गराउन कृषि विभागमा सिफारिस गर्ने निर्णय गरेको छ । बैठकमा दुर्गा बक्स गणका प्रमुख सेनानी शुधिर केशी, प्रहरी प्रमुख निरञ्जन दत्त भट्ट, शसस्त्र प्रहरी प्रमुख राधेश्याम धिमाल, राजनितिज्ञक दलका प्रमुख तथा प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधीको सहभागिता रहेको थियो । आईतबार नै जिल्लाको सुतार गाविसका पहिरो पिडितलाई ३३ थान त्रिपाल र ३३ थान कम्बल पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन