विद्युत्मा रैका | पुस २६, अछाम | जिल्लामा विद्यमान रहेका कुसंस्कार अन्त्यका लागी सामुहिक प्रतिवद्धता सहितको हस्ताक्षर संकलनमा हाल सम्म ३ सय १४ जनाको हस्ताक्षर संकलन भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विद्युत्मा रैका | पुस २६, अछाम | जिल्लामा विद्यमान रहेका कुसंस्कार अन्त्यका लागी सामुहिक प्रतिवद्धता सहितको हस्ताक्षर संकलनमा हाल सम्म ३ सय १४ जनाको हस्ताक्षर संकलन भएको छ "/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कुसंस्कार अन्त्यका लागि अछाममा ३ सय १४ जनाको हस्ताक्षर

२६ पुष २०७३, मंगलवार ०५:४१

विद्युत्मा रैका | पुस २६, अछाम | जिल्लामा विद्यमान रहेका कुसंस्कार अन्त्यका लागी सामुहिक प्रतिवद्धता सहितको हस्ताक्षर संकलनमा हाल सम्म ३ सय १४ जनाको हस्ताक्षर संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय अछामले पुष १४ गते देखि सञ्चालन गरेको हस्ताक्षर अभियानलाई तिव्रताका साथ अगाडी बढाईएको छ । 

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले आफु कुसंस्कार अन्त्यका लागी प्रतिवद्ध रही यो अभियानमा साथ दिने भन्दै खुशीका साथ हस्ताक्षर गर्ने गरेको जिल्ला प्रशासन कार्यालय अछामका सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसालले जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालयको कार्य निकै सान्दर्भि रहेको भन्दै स्थानियको पनि सकारात्मक सहयोग रहेको सुचना अधिकारी भुसालले बताउनु भयो । जिल्लामा रहेका छाउपडि कुप्रथा, महिला हिंसा, बाल बिवाह, बहुविवाह, जातिय विभेद लगाएतका कुसस्कार अन्त्यका लागी जिल्ला प्रशासन कार्यालयले सो अभियान सुरु गरेको हो । 

समाजमा रहेका यस्ता कुप्रथा अन्त्यका लागी कुनै पनि निकायले एक्लो गर्न नसक्ने हुदा आम नागरिको साथको जरुरी रहेकोले आम नागरिकको साथका लागी जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारी बाट सुरु भएको हस्ताक्षर संकलन कार्य निरन्तर जारी राख्ने प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह