१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीको मनेहरामा चोरीका घटना बढ्दै

२६ पुष २०७३, मंगलवार ०७:२७

दिनेश ठकुल्ला । पुस २६, धनगढी | धनगढी उप–महानगरपालिका–७, मनेहरामा पछिल्ला केही सातायता चोरीका घटना बढेका छन् । दैनिकजसो चोरीका घटना हुन थालेपछि त्रसित स्थानीयले मनेहरामा प्रहरी बिट राख्न माग गरेका छन् ।

करिब २ महिनाको अवधिमा २ दर्जन भन्दा बढी चोरीका घटना भएका स्थानीयको भनाई छ । दिनैपच्छिे चोरीका घटना वृद्धि भइरहँदा प्रहरी प्रशासनले भने कुनै वास्ता नगरेको गुनासो स्थानीयको छ । 

चोरीका घटना बढेको बारे जानकारी गराउँदासमेत प्रहरी, प्रशासनले त्यसलाई नियन्त्रण गर्न चासो नराखेको भन्दै स्थानीयले आक्रोश समेत पोखेका छन् । चोरीका घटनामा उजुरी दिए पनि प्रहरीले चोरीमा संलग्नको पत्ता लगाउन नसकेको उनीहरुको भनाई छ ।

मनेहराका स्थानीय ताराप्रसाद भुसालको घरमा गएको मंसिर १८ गते चोरी भयो । सुन र नगद चोरी भएको भनेर उहाले आफ्नो घरमा चोरी भएको भनेर प्रहरीमा उजुरी दिए । तर प्रहरीले चोर पत्ता लगाउन सकेको छैन । 

यही पुस २२ गते स्थानीय व्यवसायी हेमन्त भट्टराईको पसलको सटर तोडेर चोरी भयो । सामान र नगदसहित करिब ५ लाख रुपैया बराबरको चोरी भनेर प्रहरीमा उजुरी दिए पनि चोरीको घटनाबारे थाहा हुन नसकेको उहाले बताउनुभयो । चोरीका घटना बढ्न थालेपछि रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको उहाले बताउनुभयो ।

चोरीका घटना दिनैपिच्छे हुन थालेपछि प्रहरी पोष्ट राख्न जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरे पनि सुनुवाई नभएको स्थानीय व्यापारी युवराज अधिकारीले बताउनुभयो । साईकिल, पानी तान्ने मोटरलगायत सामान चोरी दैनिकजसो हुन थालेको उहाले बताउनुभयो ।

चोरीका घटना बढ्दा असुरक्षा महसुस भएको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा प्रहरी बिट राख्न पुनः माग गरेका छन् । उनीहरुले चोरीका घटना बढ्दै जाँदासमेत नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट पहल नभएकोे गुनासो गरे ।

राति नियमित गस्ती बढाइनु पर्ने र गाउँमा प्रहरी बिष्ट राख्नुपर्ने मागसहित स्थानीयबासिन्दा जिल्ला प्रहरी कार्यालयमा पुगेका हुन् । उनीहरुले चोरी बढेपछि रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको गुनासो गरे ।

प्रहरी बिट राख्नुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका स्थानीयसंग जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्दले नियमित गस्ती बढाइएको उल्लेख गर्दै चोरीका घटनाको अनुसन्धान भईरहेको बताउनुभयो । उहाले उक्त क्षेत्रमा २४ घण्टा प्रहरी रहने गरि बिट स्थापना गर्ने आश्वासन स्थानीयलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह