२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

तेजपात भारततर्फ निर्यात

२०७३, २७ पुष बुधबार १०:०८

 पुस २७, पाल्पा । जिल्लाबाट तेजपातको पात र बोक्रासहित ११ लाख ८१ हजार ८३५ किलो भारत निर्यात भएको छ । 

आव २०७२/७३ मा ९ लाख ९३ हजार ७११ किलो तेजपातको पात र एक लाख ८८ हजार १२४ किलो बोक्रा भारत निर्यात भएको जिल्ला वन कार्यालयका शाखा अधिकृत रमा श्रेष्ठले जानकारी दिनुभयो । यहाँका सामुदायिक वन र निजी वनमा व्यावसायिक रुपमा तेजापात लगाउन थालेपछि उत्पादन बढ्दै गएको छ । 

गत आवमा जिल्लाबाट रु पाँच करोड ४६ लाख ५४ हजार बराबरको तेजपातको पात र रु एक करोड ८८ लाख १२ हजार बराबरको बोक्रा भारत निर्यात भएको थियो । कोलडाँडा, दोभान, झडेवा, गोठादी, सत्यवती, बल्ढेगढी, भुवनपोखरीलगायत गाविसका सामुदायिक र निजी वनमा व्यावसायिक रुपमा तेजपातको खेती गरिँदै आएको छ । 

तेजपातको पात प्रतिकिलो रु ५० देखि रु ५५ सम्म तथा बोक्रा प्रतिकिलो रु ८० देखि रु १०० सम्ममा स्थानीय बजारमा खरिद बिक्री हुँदै आएको छ । बारीका कान्ला र बाँझो खेतबारी तथा खरायनमा तेजपातको खेती गरिँदै आएको छ । 

एक पटक रोपेपछि पटक/पटक पात र बोक्राबाट आम्दानी गर्न सकिने भएपछि अधिकांश गाविसमा किसान तेजपातखेतीतर्फ आकर्षित हुन थालेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा