२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

तेजपात भारततर्फ निर्यात

२७ पुष २०७३, बुधबार १०:०८

 पुस २७, पाल्पा । जिल्लाबाट तेजपातको पात र बोक्रासहित ११ लाख ८१ हजार ८३५ किलो भारत निर्यात भएको छ । 

आव २०७२/७३ मा ९ लाख ९३ हजार ७११ किलो तेजपातको पात र एक लाख ८८ हजार १२४ किलो बोक्रा भारत निर्यात भएको जिल्ला वन कार्यालयका शाखा अधिकृत रमा श्रेष्ठले जानकारी दिनुभयो । यहाँका सामुदायिक वन र निजी वनमा व्यावसायिक रुपमा तेजापात लगाउन थालेपछि उत्पादन बढ्दै गएको छ । 

गत आवमा जिल्लाबाट रु पाँच करोड ४६ लाख ५४ हजार बराबरको तेजपातको पात र रु एक करोड ८८ लाख १२ हजार बराबरको बोक्रा भारत निर्यात भएको थियो । कोलडाँडा, दोभान, झडेवा, गोठादी, सत्यवती, बल्ढेगढी, भुवनपोखरीलगायत गाविसका सामुदायिक र निजी वनमा व्यावसायिक रुपमा तेजपातको खेती गरिँदै आएको छ । 

तेजपातको पात प्रतिकिलो रु ५० देखि रु ५५ सम्म तथा बोक्रा प्रतिकिलो रु ८० देखि रु १०० सम्ममा स्थानीय बजारमा खरिद बिक्री हुँदै आएको छ । बारीका कान्ला र बाँझो खेतबारी तथा खरायनमा तेजपातको खेती गरिँदै आएको छ । 

एक पटक रोपेपछि पटक/पटक पात र बोक्राबाट आम्दानी गर्न सकिने भएपछि अधिकांश गाविसमा किसान तेजपातखेतीतर्फ आकर्षित हुन थालेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु