दलसिंह गिरी | पुस २७, कालिकोट | दुई दिनदेखि बदलिदो मौसमसंगै ह्वात्तै चिसो बढेपछि कालिकोटमा आगो ताप्न दाउराको माग ब्यापक बढेको छ । मौसमको बदलिसंगै कालिकोट ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | पुस २७, कालिकोट | दुई दिनदेखि बदलिदो मौसमसंगै ह्वात्तै चिसो बढेपछि कालिकोटमा आगो ताप्न दाउराको माग ब्यापक बढेको छ । मौसमको बदलिसंगै कालिकोट ल"/>

१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा चिसोसंगै दाउराको माग बढ्यो

२७ पुष २०७३, बुधबार १५:४७


दलसिंह गिरी | पुस २७, कालिकोट | दुई दिनदेखि बदलिदो मौसमसंगै ह्वात्तै चिसो बढेपछि कालिकोटमा आगो ताप्न दाउराको माग ब्यापक बढेको छ । मौसमको बदलिसंगै कालिकोट लगायत कर्नालीका हिमाली तथा पहाडी भेगमा हिउ पर्न थाली चिसो बढेपछि न्यानोताको लागि दाउराको माग बढेको हो । 

जिल्लामा खाना पकाउने ग्यासको बढ्दो बजार र बनजंगलमा प्रयाप्त दाउराको अभावका कारण प्राय होटलहरुमा मात्र दाउराको माग हुने जिल्ला सदरमुकाम मान्ममा हिजो आज चिसो ह्वात्तै बढेपछि आगो ताप्न तथा घरको कोठा समेत न्यानो गराउन दाउराको माग बढेको छ ।

चिसोमा आगो ताप्न जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरु समेत दाउरा खरिद गरी आगो ताप्न थालेका छन् । जिल्ला सदरमुकाम मान्ममा विद्युतको पहुँच भएपनि अप्रयाप्त विद्युतपावर तथा जिल्लामा हिटर आपूतिको अभावका कारणले पनि आगो ताप्त दाउराको माग बढेको जिल्ला प्रशासन कार्यालयका कालिकोटका कार्यालय सहायक हरिन्द्र नाथ योगी बताउनु हुन्छ ।

बढ्दो चिसोका कारण बालबालिका र बृद्धाबृद्धहरुलाई रुगाखोकी निमोनिया दम जस्ता रोगहरु ह्वात्ते बढ्ने भएकाले चिसोबाट बच्न न्यानो कपडा सहित तातोमा रहन जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले सर्बसाधारणहरुलाई आग्रह समेत गरेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय कालिकोटले पनि जिल्लामा ह्वात्तै बढेको चिसोमा जाड रक्सीको सेवनमा बृद्धि भै झैझगडा बढ्ने भएकाले यसमा सतर्क रहन होटल ब्यवसायी मदिरा ब्यापारी लगायत सम्पूर्ण सरोकारवाला निकायहरुलाई सतर्क रहन आग्रह समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा