दलसिंह गिरी | पुस २७, कालिकोट | दुई दिनदेखि बदलिदो मौसमसंगै ह्वात्तै चिसो बढेपछि कालिकोटमा आगो ताप्न दाउराको माग ब्यापक बढेको छ । मौसमको बदलिसंगै कालिकोट ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | पुस २७, कालिकोट | दुई दिनदेखि बदलिदो मौसमसंगै ह्वात्तै चिसो बढेपछि कालिकोटमा आगो ताप्न दाउराको माग ब्यापक बढेको छ । मौसमको बदलिसंगै कालिकोट ल"/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा चिसोसंगै दाउराको माग बढ्यो

२०७३, २७ पुष बुधबार १५:४७


दलसिंह गिरी | पुस २७, कालिकोट | दुई दिनदेखि बदलिदो मौसमसंगै ह्वात्तै चिसो बढेपछि कालिकोटमा आगो ताप्न दाउराको माग ब्यापक बढेको छ । मौसमको बदलिसंगै कालिकोट लगायत कर्नालीका हिमाली तथा पहाडी भेगमा हिउ पर्न थाली चिसो बढेपछि न्यानोताको लागि दाउराको माग बढेको हो । 

जिल्लामा खाना पकाउने ग्यासको बढ्दो बजार र बनजंगलमा प्रयाप्त दाउराको अभावका कारण प्राय होटलहरुमा मात्र दाउराको माग हुने जिल्ला सदरमुकाम मान्ममा हिजो आज चिसो ह्वात्तै बढेपछि आगो ताप्न तथा घरको कोठा समेत न्यानो गराउन दाउराको माग बढेको छ ।

चिसोमा आगो ताप्न जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरु समेत दाउरा खरिद गरी आगो ताप्न थालेका छन् । जिल्ला सदरमुकाम मान्ममा विद्युतको पहुँच भएपनि अप्रयाप्त विद्युतपावर तथा जिल्लामा हिटर आपूतिको अभावका कारणले पनि आगो ताप्त दाउराको माग बढेको जिल्ला प्रशासन कार्यालयका कालिकोटका कार्यालय सहायक हरिन्द्र नाथ योगी बताउनु हुन्छ ।

बढ्दो चिसोका कारण बालबालिका र बृद्धाबृद्धहरुलाई रुगाखोकी निमोनिया दम जस्ता रोगहरु ह्वात्ते बढ्ने भएकाले चिसोबाट बच्न न्यानो कपडा सहित तातोमा रहन जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले सर्बसाधारणहरुलाई आग्रह समेत गरेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय कालिकोटले पनि जिल्लामा ह्वात्तै बढेको चिसोमा जाड रक्सीको सेवनमा बृद्धि भै झैझगडा बढ्ने भएकाले यसमा सतर्क रहन होटल ब्यवसायी मदिरा ब्यापारी लगायत सम्पूर्ण सरोकारवाला निकायहरुलाई सतर्क रहन आग्रह समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा