२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दाउन्नेमा घर बनाउने क्रममा चार जना पक्राउ

२०७२, २० कार्तिक शुक्रबार ०३:३३

कात्तिक २०,
नवलपरासी ।
 सशस्त्र वन रक्षक नवलपरासीको गस्ती टोलीले दुम्किबास –५ दाउन्नेबाट वन क्षेत्र
अतिक्रमण गरी वन भित्र घर निर्माण गर्दा गर्दै ४ जनालाई शुक्रवार पक्राउ गरेको छ । पक्राउ पर्ने चारै
जना दुम्किवास गाविसका स्थानीय वासिन्दा रहेका छन् । चारै जनालाई दाउन्ने बजारको पुर्वतर्फको सडक छेउमा
वन अतिक्रमण गर्दै पक्की घर बनाउने क्रममा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दुम्किवास –८ सिसहानीका ४० बर्षीय ज्ञानबहादुर र्मस्याङगी मगर सोही ठाउ बस्ने
बर्ष २० का जगत बहादुर ढेंगा मगर दुम्किवास ७ बगुवनका ४३ बर्षीय बेलबहादुर ढेगा मगर, सोही ठाउका १८
बर्षीय रुमबहादुर थापा मगर रहेका छन् ।

इलाका वन कार्यालय
सर्दीका सहायक वन अधिकृत रविन्द्र कुमार जि.सीका अनुसार वन अतिक्रमणमा संम्लग्न चार जनालाई पक्राउ गरी
बन चौकी बडेरामा चलान गरिएको छ भने अतिक्रमण गराउने मुख्य घर साहु भने फरार रहेका छन् ।


अतिक्रमणमा संम्लग्न भएका सबै जनालाई पक्राउ पुर्जी जारी गरिने जि.सीले
बताउनुभएकोछ । उनीहरुलाई वन ऐन २०४९ र नियमावली २०५१ बमोजिम कारवाही अगाडि बढाइने अधिकृत जि.सीले
जानकारी दिनुभएकोछ ।

पक्राउ परेकाहरुले भने आफुहरु दैनिक
ज्यालामा घर निर्माण काममा आएको दावी गरेका छन् । त्यस्तै जिल्ला वन कार्यालय नवलपरासीले वन क्षेत्र
अतिक्रमण गर्ने आवश्यक कारवाही गर्न पछि नपर्ने बताएको छ ।

त्यस्तै वन क्षेत्रमा हुने चोरी निकासी नियन्त्रण गर्नका लागि जिल्ला वन कार्यालय नवलपरासीले
स्थानीयस्तरमा समन्वय गर्ने भएकोछ । नवलपरासीका सेक्टर वन कार्यालयहरु मार्फत जिल्ला वन कार्यालयले
सुरक्षा निकाय तथा संचारमाध्यम संग समन्वय गर्ने भएको हो । सो कार्य अन्तरगत सेक्टर वन कार्यालय बर्दघाट
र कावासोतीले शनिवार सुरक्षा निकाय र मिडिया संग अन्तरक्रिया समेत गरेको छ ।

वनक्षेत्रबाट हुने काठ , ढुंगा गिटी, तथा वनपैदावर र बन्यजन्तु चोरी निकासी नियन्त्रण
गर्न जनपद प्रहरी संग संयुक्त टोली समेत परिचालन गरिने सेक्टर वन कार्यालय बर्दघाटका सहायक वन अधिकृत
महेन्द्र जैसवालले बताउनु भएको छ ।

बर्दघाटमा भएको
अन्तरक्रियाका परासीक्षेत्रका ५ वटा इलाका वन कार्यालय इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक
कुमार मैनाली लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन