कमल रावल | पुस २९, मंगलसेन | अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ लाई सफल पार्नका लागि विभिन्न उपसमिती गठन गरिएको छ । बिहिवार बसेको मुल आयोजक समितीको वैठकले विभिन्न २४"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | पुस २९, मंगलसेन | अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ लाई सफल पार्नका लागि विभिन्न उपसमिती गठन गरिएको छ । बिहिवार बसेको मुल आयोजक समितीको वैठकले विभिन्न २४"/>
६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम शैक्षिक तथा धार्मिक महोत्सव सफल पार्न विभिन्न उपसमिती गठन

२९ पुष २०७३, शुक्रबार ०२:१२

कमल रावल | पुस २९, मंगलसेन | अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ लाई सफल पार्नका लागि विभिन्न उपसमिती गठन गरिएको छ । बिहिवार बसेको मुल आयोजक समितीको वैठकले विभिन्न २४ वटा उपसमिति गठन गरेको हो । 

जसमा प्रचार प्रसार, अथिती सत्कार, मंच व्यवस्थापन, पुर्व विद्यार्थी समन्वय, भोजन, स्वयमसेवक परिचालन गरि २४ ओटा उपसमिति गठन गरिएका छन । सदरमुकाम मंगलसेनमा रहेको अछाम वहुमुखी क्याम्पसमा स्नात्तोकोत्तर तह संचालन तथा प्राविधिक शिक्षालय स्थापना गर्ने उद्देश्यले यही माघ २१ गते देखि २८ गते सम्म अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ संञ्चालन गरिने भएको छ । अछाम वहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष एवं मुल आयोजक समिति संयोजक पदम वोहराको अध्यक्षतामा भएको बैठकमा प्रमुख अथिती अछामका जिल्ला न्यायधिश हरी प्रसाद शर्मा, उपाध्याय, पंगेनी रहनु भएको थियो । 

वैठकमा वोल्दै प्रमुख अथिती न्यायधिश पंगेनीले अछाम जिल्ला निकै राम्रो रहेको र अझै राम्रो वनाउन सम्पुर्ण अछामी जनता जागरुप हुनु पर्ने वताउनु भयो । वैठकका अतीथी मंगलसेन नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद जैसीले शैक्षिक तथा धार्मिक महोत्सव सफल पार्न आफु र आफ्नो कार्यालयले सक्दो सहयोग गर्ने वताउनु भयो । अन्तराष्ट्रिय भक्ति योग फाउन्डेशनका अन्तराष्ट्रिय भागवत भुषण आचार्य नारायण शरण पूज्य सञ्जेल जी महाराजद्धारा शैक्षिक तथा धार्मिक महोत्सवमा कथा वाचन गरिने वताईएको छ । स्नात्तक तह सम्म मात्र अध्यापन गराउँदै आएको क्याम्पसमा स्नात्तकोत्तर तह संचालन भए यस जिल्लाका हजारौ विद्याथी लाभान्वीत हुने भएकाले आ आफनो क्षेत्रवाट सक्दो सहयोग गरिदिन आयोजकले सबैमा अनुरोध गरेको छ । 

वैठकमा अन्तराष्ट्रिय भक्ति योग फाउन्डेशनका पदाधिकारी, मुल आयोजक समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति