४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ५९ सवारी दुर्घटना, ४४ जनाको मृत्यु, २५ लाख बढि राजश्व संकलन (चौमासीक तथ्यांक)

३ मंसिर २०७२, बिहीबार १०:४०

दयाराम आचार्य/ मंसिर ३, नवलपरासी ।  चालु आर्थिक बर्ष
पहिलो चौमासीकमा जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीले सवारी नियम उल्लङघन गर्ने सवारी साधन
कार्वाही बाट २५ लाख २५ हजार रुपैया राजश्व संकलन गरेको छ । साउन १ गते देखि कात्तिक मसान्त सम्ममा ५
हजार ४ सय सवारी साधन कार्वाहीबाट उक्त राजश्व संकलन गरीएको जिल्ला ट्राफिक प्रहरीकार्यलयका प्रमुख
सुर्य कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्ष
को पहिलो साउन महिनामा १५ सय ५० वोटा सवारी साधन कार्वाहीबाट ७ लाख ३२ हजार २ सय रुपैया,भदौ महिनामा १३
सय ५० सवारी साधन कार्वाही बाट ६ लाख २१ हजार ६ सय,असोजमा १ हजार सवारी साधन कार्वाही बाट ४ लाख ६८ हजार
१ सय र कात्तिक महिनामा १५ सय सवारीसाधन कार्वाहीबाट ७ लाख ३ हजार १ सय रुपैया राजश्व संकलन भएको प्रमुख
श्रेष्ठले बताउनु भयो ।

चार महिनाको अवधिमा सबै भन्दा धेरै
३ हजार ५ सय ४२ वोटा ट्रक कार्वाही बाट १८ लाख ३६ हजार ४ सय रुपैया राजश्व रकम संकलन भएको छ । यस्तै यहि
अवधिमा सवारी दुर्घटनामा परी ४४ जनाको ज्यान गएको छ भने ८१ जना गम्भिर घाईते भएका छन ।


ट्राफिक कार्यलयका प्रमुख श्रेष्ठका अनुसार चार महिनाको अवधिमा भएका ५९
वोटा सवारी दुर्घटनामा परी ४४ जनाको ज्यान गएको हो ।

यस
अवधिमा सबै भन्दा बढि साउन महिनामा भएका ३३ वोटा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु तथा ३० जना
गम्भिर घाईते भएका छन ।

nawalparsai traffice
police report

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ