१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा भारतीय उद्योगका मदिरा बरामद

२ माघ २०७३, आईतवार ०७:५६

माघ २, बनियानी (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत दुवागढी–५ स्थित चारआली सडकखण्डबाट प्रहरीले ३० बोतल सिक्किमे मदिरा बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पशुपतिनगरबाट आएको यात्रुवाहक बस जाँच गर्दा उक्त मदिरा बरामद गरेको हो । दुई बोरामा राखिएका अवस्थामा मदिरा बरामद गरिएको सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ । 

बरामद गरिएको मदिरा साढे सात सय मिलीलिटर परिमाणको रहेको तथा त्यसमा सिक्किम र हनिबी नाम गरेको कम्पनी उल्लेख भएको सीमा सुरक्षा कार्यालयका प्रहरी निरीक्षक चुनराज थापाले बताउनुभयो । करिब रु २४ हजार मूल्य बराबराको सो मदिरालाई शनिबार नष्ट गरिएको छ । 

त्यसैगरी इलाका प्रहरी कार्यालय पशुपतिनगरले भारतीय अवैध मदिरा नष्ट गरेको छ । प्रहरीले पशुपतिनगर गाविसबाट बेवारिसे अवस्थामा फेला पारेको भारतको सिक्किममा उत्पादित विभिन्न उद्योगका ७८ बोतल मदिरा र ८४ बोतल बियर बरामद गरी नष्ट गरेको प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । 

इलामको पशुपतिनगर नाकाबाट भारतीय सिक्किम उद्योगका प्रतिबन्धित मदिरा नेपाल भित्रिने गरेको छ । सो मदिरा इलाम, झापा, मोरङ र सुनसरीका बजारमा बिक्री वितरणका लागि लैजाने गरेको खुलेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण