२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

हात को शिप प्रविधिले खोस्यो

२०७२, ३ मंसिर बिहीबार ११:००

दयाराम
आचार्य/मंसिर ३, नवलपरासी । 
“हात को शिप प्रविधिले खोस्यो, हातमा शिप भएर पनि काम पाउन गाह्रो
हुन थाल्यो” झण्डै १५ बर्ष अघिबाट पेन्टिङ पेशा गर्दै आएका धन बहादुर बिकले गुनासो गरे ।

कुनै समय भ्याई नभ्याई हुने पेन्टीङ ब्यवसायमा हिजो आज मन्दि छाउदै गएको छ
। प्रविधिको बिकाश संगै हातले गर्ने काम प्रविधिबाट हुन थालेपछि ब्रसबाट गरीने पेन्टिङ ब्यवसाय हराउदै
जान लागेको छ ।

dhan bahadur bk - nawalparsai news
पहिले
पहिले कुनै पनि पसल ब्यवसायका बिज्ञापन होस या बिभिन्न कार्यलयका बोर्ड तयार गर्न काठ वा जस्ताको
फे्रममा ब्रस द्धारा हातले घन्टौ लगाएर लेखिने गरीन्थ्यो तर हिजो आज प्रबिधिको बिकाश संगै छिटो छरीतो
हिसाबमा कम्प्युटर बाट लेख्ने कार्य तथा Ïलेक्स प्रिन्टबाट सबै कार्य हुन थाले संगै पेन्टिङ पेशा संकटमा
पर्दै गएको छ ।

फेलेक्स प्रिन्टबाट होडिङ बोर्ड निर्माण कार्य
हुन थालेपछि हातले लेखेर बनाउने काम कम मात्रमा आउने गरेको कावासोतीमा पेन्टिङ पेशा गर्दै आएका बि.एस
आर्टसका धन बहादुर बिकले बताए ।

पहिले पहिले बोर्डमा हातलेनै
लेखिन्थ्यो ट्रक बस लगाएतमा पनि हातले पेन्टिङ गर्ने गरीन्थ्यो तर हिजो आज फ्लेक्स बाट बोर्डहरु बनाउने
गर्दा तथा बस ट्रकमा पनि कम्प्युटर बाट डिजाईन गरी स्टििकर हरु बनाएर लगाउने गर्दा ,हातले लेख्ने काम कम
आउने गरेको बिकले बताए ।

dhan bahadur bk - nawalparsai news

हिजो आज केहि संघ संस्थाहरुका बोर्ड बनाउन ,स्कुल कलेजका भित्ताहरु पेन्टि¨का लागि मात्र काम
आउने गरेको उनले बताए ।
“पसलमा केहि हुन्थेन बु्रस ,रङ ,काठको फ्रेम र टिनको पाता भए हुन्थ्यो हिजो
आज काठ पनि हरायो बु्रसको प्रयोग पनि हरायो ” शुरुका दिन सम्झदै बिकले भने ।

“पहिले पहिले पसलमा पेन्टिङ सिक्ने पनि धेरै हुने गर्दथे तर हिजो आज प्रविधिका कारण
नया पिडिले पेन्टिङ सिक्न छाडे, सिकेकाहरुले पनि हातमा शिप भएर पनि काम पाउन छाडे ” बिकले भने

फ्लेक्स प्रिन्टले गर्दा पनि पेन्टिङ पेशालाई प्रतिस्थापन
गरेको हो । हातले लेखेको ५ /७ बर्ष टिक्ने र फ्लेक्सबाट तयार पारीएका बोर्डहरु लामो समय नटिक्ने भएपनि
फ्ल्यासमा प्रिन्ट गर्दा सस्तो पर्ने चाडो हुने गर्दा धेरैले फ्लेक्स बाट होडिङ बोर्ड हरु तयार गर्ने
गरेको पाईन्छ ।

पहिले पहिले एक छिन फुर्सत हुदैनथ्यो दोकामा ४/५
जना पेन्टरले बिहान देखि बेलुका सम्म तगातार काम गर्ने गर्दथे आम्दानि पनि राम्रो हुन्थ्यो तर हिजो आज
बोर्ड लेख्ने काम नै हरायो अहिले अलि अलि काम आउने गरेको र त्यही बाट गुजार चलाउनु पर्ने अवस्था आएको
बिकले बताए ।

“ठुला ठुला बोर्डहरु संस्थाहरुको काम देखि जति पनि
अहिले प्ल्याक्सले बनेको बोर्ड देखिएको छ त्यो सबै काम हातले गरीन्थ्यो, लगातार एक हप्ता सम्म पनि काम
गरीन्थ्यो अहिलेत हातले लेख्ने जमाननै हरायो” बिकले भने ।

“साथीहरु साउदी, कतार जान्थे पैसा कमाउन तर म महिनाको ५०/६० हजार सम्म पनि कमाउथे पेन्टिङ बाट
तर अहिले पेशा नै नाजुक भईसकेको छ ” १६ बर्ष अगाडि कावासोतिमा पहिलो पटक एन के आर्टस एण्ड स्टीकर हाउस
खोलि पेन्टिङ पेशा शुरु गरेका दिल बहादुर थापा मगर बताए ।

dhan bahadur bk - nawalparsai news 3

हिजो आज नम्बर प्लेट लेख्ने कामबाहेकका पेन्टिङका काम कमै मात्र आउने गरेको उनले बताए

“१६ बर्ष सम्म यहि पेशामा लागियो हिजो आज पेन्टिङ कामनै कम आउन थाल्यो ,अरु केहि जानेको छैन
बिदेश जाउ उमेर पनि धेरै भई सक्यो अब के गरेर गुजारा चलाउने भन्ने चिन्ताले सताउछ” मगरले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन