२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

हात को शिप प्रविधिले खोस्यो

३ मंसिर २०७२, बिहीबार ११:००

दयाराम
आचार्य/मंसिर ३, नवलपरासी । 
“हात को शिप प्रविधिले खोस्यो, हातमा शिप भएर पनि काम पाउन गाह्रो
हुन थाल्यो” झण्डै १५ बर्ष अघिबाट पेन्टिङ पेशा गर्दै आएका धन बहादुर बिकले गुनासो गरे ।

कुनै समय भ्याई नभ्याई हुने पेन्टीङ ब्यवसायमा हिजो आज मन्दि छाउदै गएको छ
। प्रविधिको बिकाश संगै हातले गर्ने काम प्रविधिबाट हुन थालेपछि ब्रसबाट गरीने पेन्टिङ ब्यवसाय हराउदै
जान लागेको छ ।

dhan bahadur bk - nawalparsai news
पहिले
पहिले कुनै पनि पसल ब्यवसायका बिज्ञापन होस या बिभिन्न कार्यलयका बोर्ड तयार गर्न काठ वा जस्ताको
फे्रममा ब्रस द्धारा हातले घन्टौ लगाएर लेखिने गरीन्थ्यो तर हिजो आज प्रबिधिको बिकाश संगै छिटो छरीतो
हिसाबमा कम्प्युटर बाट लेख्ने कार्य तथा Ïलेक्स प्रिन्टबाट सबै कार्य हुन थाले संगै पेन्टिङ पेशा संकटमा
पर्दै गएको छ ।

फेलेक्स प्रिन्टबाट होडिङ बोर्ड निर्माण कार्य
हुन थालेपछि हातले लेखेर बनाउने काम कम मात्रमा आउने गरेको कावासोतीमा पेन्टिङ पेशा गर्दै आएका बि.एस
आर्टसका धन बहादुर बिकले बताए ।

पहिले पहिले बोर्डमा हातलेनै
लेखिन्थ्यो ट्रक बस लगाएतमा पनि हातले पेन्टिङ गर्ने गरीन्थ्यो तर हिजो आज फ्लेक्स बाट बोर्डहरु बनाउने
गर्दा तथा बस ट्रकमा पनि कम्प्युटर बाट डिजाईन गरी स्टििकर हरु बनाएर लगाउने गर्दा ,हातले लेख्ने काम कम
आउने गरेको बिकले बताए ।

dhan bahadur bk - nawalparsai news

हिजो आज केहि संघ संस्थाहरुका बोर्ड बनाउन ,स्कुल कलेजका भित्ताहरु पेन्टि¨का लागि मात्र काम
आउने गरेको उनले बताए ।
“पसलमा केहि हुन्थेन बु्रस ,रङ ,काठको फ्रेम र टिनको पाता भए हुन्थ्यो हिजो
आज काठ पनि हरायो बु्रसको प्रयोग पनि हरायो ” शुरुका दिन सम्झदै बिकले भने ।

“पहिले पहिले पसलमा पेन्टिङ सिक्ने पनि धेरै हुने गर्दथे तर हिजो आज प्रविधिका कारण
नया पिडिले पेन्टिङ सिक्न छाडे, सिकेकाहरुले पनि हातमा शिप भएर पनि काम पाउन छाडे ” बिकले भने

फ्लेक्स प्रिन्टले गर्दा पनि पेन्टिङ पेशालाई प्रतिस्थापन
गरेको हो । हातले लेखेको ५ /७ बर्ष टिक्ने र फ्लेक्सबाट तयार पारीएका बोर्डहरु लामो समय नटिक्ने भएपनि
फ्ल्यासमा प्रिन्ट गर्दा सस्तो पर्ने चाडो हुने गर्दा धेरैले फ्लेक्स बाट होडिङ बोर्ड हरु तयार गर्ने
गरेको पाईन्छ ।

पहिले पहिले एक छिन फुर्सत हुदैनथ्यो दोकामा ४/५
जना पेन्टरले बिहान देखि बेलुका सम्म तगातार काम गर्ने गर्दथे आम्दानि पनि राम्रो हुन्थ्यो तर हिजो आज
बोर्ड लेख्ने काम नै हरायो अहिले अलि अलि काम आउने गरेको र त्यही बाट गुजार चलाउनु पर्ने अवस्था आएको
बिकले बताए ।

“ठुला ठुला बोर्डहरु संस्थाहरुको काम देखि जति पनि
अहिले प्ल्याक्सले बनेको बोर्ड देखिएको छ त्यो सबै काम हातले गरीन्थ्यो, लगातार एक हप्ता सम्म पनि काम
गरीन्थ्यो अहिलेत हातले लेख्ने जमाननै हरायो” बिकले भने ।

“साथीहरु साउदी, कतार जान्थे पैसा कमाउन तर म महिनाको ५०/६० हजार सम्म पनि कमाउथे पेन्टिङ बाट
तर अहिले पेशा नै नाजुक भईसकेको छ ” १६ बर्ष अगाडि कावासोतिमा पहिलो पटक एन के आर्टस एण्ड स्टीकर हाउस
खोलि पेन्टिङ पेशा शुरु गरेका दिल बहादुर थापा मगर बताए ।

dhan bahadur bk - nawalparsai news 3

हिजो आज नम्बर प्लेट लेख्ने कामबाहेकका पेन्टिङका काम कमै मात्र आउने गरेको उनले बताए

“१६ बर्ष सम्म यहि पेशामा लागियो हिजो आज पेन्टिङ कामनै कम आउन थाल्यो ,अरु केहि जानेको छैन
बिदेश जाउ उमेर पनि धेरै भई सक्यो अब के गरेर गुजारा चलाउने भन्ने चिन्ताले सताउछ” मगरले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान