दलसिंह गिरी/माघ २,कालिकोट । जिल्ला सदरमुकाम मान्मको प्रतिमाचोकमा पहेलो हेलमेट र पहेलो जगेट लगाएको एकहुल प्रहरी उद्धार सामाग्री सहित दौडेर आयो, उक्त टोलीले प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ २,कालिकोट । जिल्ला सदरमुकाम मान्मको प्रतिमाचोकमा पहेलो हेलमेट र पहेलो जगेट लगाएको एकहुल प्रहरी उद्धार सामाग्री सहित दौडेर आयो, उक्त टोलीले प"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सदरमुकाम मान्ममा भुइँचालो, दूई जनाको उद्धार

२०७३, २ माघ आईतवार १३:३८


दलसिंह गिरी/माघ २,कालिकोट । जिल्ला सदरमुकाम मान्मको प्रतिमाचोकमा पहेलो हेलमेट र पहेलो जगेट लगाएको एकहुल प्रहरी उद्धार सामाग्री सहित दौडेर आयो, उक्त टोलीले प्रतिमाचोक नजिकै पश्चिम तर्फ पर्ने राष्ट्रिय बाणिज्य बैकको भत्किएको घरबाट दुईजना घाइते केटाकेटीलाई उद्धार गरेर प्रतिमाचोकमै ल्यायो, बसै स्थानीय वासी के हो ? के भो ? 


कसरी भयो भन्दै एकपछि अर्को हुदै जम्मा हुन थाले यता रेटक्रस लेखिएको ज्याकेट लगाएका केही ब्यक्तिहरु प्राथमिक उपचार सामाग्री सहित दौडेर घटना स्थल आएर उचार गर्न थाले, प्राथमिक उपचार हुदा नहुदै जिल्ला अस्पतालको एम्बुलेन्स इमरजेन्सी साइरन बजाउदै प्रतिमाचोकमै टुप्लुक्क आइपुग्यो, अनि विरामीलाई तुरुन्तै राखेर एम्बुलेन्स अस्पताल तिर दौडियो, तर स्थानीय भने रुल्ल न टुल्ल, एमुलेन्स अस्पताल तिर लागे लगतै प्रमिमाचोकमा १९ औं भुकम्प सुरक्षा दिवश लेखिएको ब्यानर टासियो, बल्ल पछि पो थाहा भयो यो भुकम्प सुरक्षाबारेको ड्रामा, ।


१९ औं भुकम्प सुरक्षा दिवश आज कालिकोटमा पनि विविध कार्यक्रमगरी मनाईएको छ । जिल्ला दैबिक प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णकुमार खड्काको अध्यक्षता जिल्ला विकास समितिका योजना अधिकृत पविता शाहीको प्रमुख आथित्यतामा आयोजित भुकम्प सुरक्षा दिवशमा भुकम्प सम्बन्धि सडक नाटक, विपद ब्यवस्थापन तथा उद्धार सम्बन्धि ड्रामा, भुकम्प सुरक्षा सम्बन्धी जनचेतनात्क लोकगित प्रस्तुत गरि मनाईएको हो ।

जिल्लामा कृयाशिल बिधिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुको समन्वय तथा जिल्ला दैबिक उद्धार समितिको आयोजनामा आयोजित सप्ताहब्यापी भुकम्प सुरक्षा दिवश आज एक कार्यक्रम गरी सम्पन्न गरिएको छ । 


भुकम्प सुरक्षा सम्बन्धि जनचेतनात्मक पमप्लेट वितरण एवं टास, विपद ब्यवस्थापन सम्बन्धि रेडियो सम्बाद, विद्यालय स्तरीय निबन्ध प्रतियोगिता लगायतका विभिन्न गतिविधिहरु संचालन गरी सुरु भएको १९ औं भुकम्प सुरक्षाको सप्ताहब्यापी दिबश आज थप सडक नाटक प्रस्तुत गरी सम्पन्न गरिएको हो ।

कुनै जानकारी विनै एक्कासी हुने प्राकृतिक प्रकोपबाट बच्न अपनाउनु पर्ने सतर्कता, बिपद पश्चात मानविय उद्धार बारे सर्बसाधारणलाई जानकारी गराउन भुकम्प सुरक्षा दिवश मनाईएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनु भएको छ ।


भुकम्प सुरक्षा सम्बन्धि सर्बसाधारणलाई जनचेतना जगाउन सप्ताह ब्यापीरुपमा संचालित विभिन्न कार्यक्रममा भाग लिई पैरवी गरेको भन्दै हुरेन्डेक, किर्डाक नेपाल कालिकोट लगायतका संघ संस्थाहरुले विद्यालयका भाईबहिनीहरुलाई पुरस्कृत समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला