माघ ३, मोरङ । बेतना दैनिकका सम्पादक तथा रेडियो बेतनाका पुर्व स्टेशन म्यानेजर नरेन्द्र बस्नेत पहिलो बेलबारी नगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन ।   Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ३, मोरङ । बेतना दैनिकका सम्पादक तथा रेडियो बेतनाका पुर्व स्टेशन म्यानेजर नरेन्द्र बस्नेत पहिलो बेलबारी नगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन ।  
२०८२, १६ चैत्र सोमबार
मोरङ्ग - MRG

पत्रकार बस्नेतलाई बेलबारी नगर पुरस्कारबाट सम्मानित

२०७३, ३ माघ सोमबार ०५:३९

माघ ३, मोरङ । बेतना दैनिकका सम्पादक तथा रेडियो बेतनाका पुर्व स्टेशन म्यानेजर नरेन्द्र बस्नेत पहिलो बेलबारी नगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन ।  

बेलबारी नगरपालिकाको वार्षिक नगर विकास योजना आर्थिक बर्ष २०७४र०७५ को बजेट सार्वजनिकीकरण कार्यक्रमका अबसरमा आईतबार संघिय मामिला तथा स्थानीय बिकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले बस्नेतलाई नगद ५ हजार सहित पुरस्कृत गरेका हुन । 

बस्नेत सँगै स्थानीय फाईट साप्ताहिकका सम्पादक भत्तसेर लिम्बुलाई पनि नगर पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । बस्नेत र लिम्बुले ३ बर्षअघि संयुत्त रुपमा प्रथम बिष्णु बस्नेत बेतना सिमसार पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन ।  कार्यक्रममा पत्रकार भोजराज बस्नेतलाई खोज पत्रकारितामा सहयोग गरेको भन्दै पुरस्कृत गरियो ।    

पत्रकारहरुसँगै नगरपालिकामा उत्कृष्ट कार्य गरेबापत कर्मचारीहरु कृष्ण प्रसाद चौधरी, सर्जुगलाल चौधरी, भद्र बहादुर घले र बार्षिक रुपमा सबैभन्दा बढी कर तिर्नेमध्ये उत्कृष्ट करदाता बेलबारी ४ का मधुमाया बस्नेतलाई समेत कार्यक्रममा सम्मान गरियो ।   

कार्यक्रममा बेलबारी बजार ब्यबस्थापन समिति,लक्षित बर्ग समुह अन्र्तगत आदिबासी जनजाति महासंघ समन्वय समिति बेलबारी,वडा नागरिक मञ्च बेलबारी २, जनमार्ग कालोपत्रे सकड उपभोत्ता समुह पनि कार्यक्रममा पुरस्कृत भएका छन ।  

कार्यक्रममा बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले बजेट प्रस्तुत गरेका थिए । बेलबारी नगरबिकास अध्यक्ष नगेन्द्र जमरकट्टेलले स्वागत मनतब्य राखेका थिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन