माघ ३, नवलपरासी । नेपाल बिद्यार्थी संघले भर्खरै युट्युबमा सार्बजनिक भएको चलचित्र छक्का पन्जा टिमका सबै चलचित्र नवलपरासीमा प्रतिबन्ध गर्न आवहान गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ३, नवलपरासी । नेपाल बिद्यार्थी संघले भर्खरै युट्युबमा सार्बजनिक भएको चलचित्र छक्का पन्जा टिमका सबै चलचित्र नवलपरासीमा प्रतिबन्ध गर्न आवहान गरेको छ ।

१२ माघ २०८२, आईतवार
नवलपुर - NWL

नवलपरासीमा छक्का पन्जा टिमका सबै चलचित्र चल्न नदिने

३ माघ २०७३, सोमबार ०७:१३

माघ ३, नवलपरासी । नेपाल बिद्यार्थी संघले भर्खरै युट्युबमा सार्बजनिक भएको चलचित्र छक्का पन्जा टिमका सबै चलचित्र नवलपरासीमा प्रतिबन्ध गर्न आवहान गरेको छ ।

चलचित्र छक्का पन्जाको पाइरेसीमा मुछिएका नवलपरासी कावासोतीका कृष्ण सुबेदीको संकास्पद मृत्युको र त्यसको निस्पक्ष छानबिनको माग गर्दै नेपाल बिद्यार्थी संघ नवलपरासीले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आइतबार प्रेस बिज्ञप्ति जारि गर्दै संगठनले निस्पक्ष छानबिन गरि दोषीलाई कारवाही नभएसम्म छक्का पन्जा टिम घटनासंग जोडिएकाले त्यस टिमले उत्पादन गरेका कुनैपनि चलचित्र नवलपरासीका हलमा चल्न नदिने बताएको छ ।

त्यति गर्दा पनि दोषी उपर कारवाही नभए थप आन्दोलनका कार्यक्रम ल्याउने नेपाल बिद्यार्थी संघले जनाएको छ ।

'नोबेल कलेज सिनामंगलमा अध्यानरत कृष्ण सुबेदी गत पुस २८ गते आफ्नै कोठामा संकास्पद तरिकाले झुन्डिएको अवस्थामा भेटिनु र नोटमा आफुलाई पटक-पटक मार्ने धम्कि आउने उल्लेख भएकाले घटना गम्भीर भएको भन्दै दोषीलाई छिटो भन्दा छिटो पहिचान गरि कारवाही गर्न जोडदार माग गर्दछ' संघका जिल्ला अध्यक्ष राजेश पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

चलचित्र पाइरेसी गरेको उजुरी परेपछि केहि दिन अघि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धानका क्रममा सुवेदीसहित चार जनासँग सामान्य सोधपुछ गरेको थियो । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले पाइरेसी गर्ने व्यक्ति अर्कै भएको र उनीहरुको संलग्नता नदेखिएकाले सचेत गराएर छाडेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह