२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा करीब ५ सय एचआईभि संक्रमित, आज २८ औं बिश्व एडस् दिवस मनाइयो

२०७२, १५ मंसिर मंगलवार ११:२७

दयाराम आचार्य/ मंसिर १५, नवलपरासी । आज डिसेम्बर १ तारिख “दिगो बिकाश
लक्ष्य प्राप्तिको लागि ,एडस महामारीको अन्त्य” भन्ने नारका साथ २८ औ विश्व एड्स दिवस मनाईएको छ

एच आई भि को क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले आज
देशैभर विविध कार्यक्रमको आयोजना गरेका छन ।
नवलपरासीमा रहेको लुम्बीनी पल्स,सहभागि एफपान लगाएतले
पनी आज कावासोतीमा जनचेतनालक स्टल संगै स्वास्थ्य परिक्षणको कार्यक्रम गरेका छन ।
nawalparasi hiv aids program 1

यस्तै कालिगण्डकि कलेजले पनि आज कालिगण्डकि चोक बाट फलफुल चोक सम्म एचआईभि
सम्बन्धि जनचेतनामलुक र्यालि निकालेको थियो ।

नवलपरासीमा एचआईभि
संक्रमित को संख्या ५ सयको हाराहारीमा पुगेको छ । जिल्ला स्वाश्य कार्यलय नवलपरासीका टिभि एचआईभि फोकल
पर्सन रामचन्द्र पौडेलले दिएको जानकारी अनुसार हाल जिल्ला मा एचआईभि संक्रमितको संख्या ४ सय ९४ जना
रहेका छन । जस मध्य पुरुष २ सय ४३ र महिला २ सय ५१ जना रहेको उनले बताए । हाल सम्म पहिचान हुने सख्या
यति भए पनि अझै लुकेर बसेको संख्या यसको दोब्बर हुन सक्ने पौडेलले बताए । संक्रमित मध्य २ सय ५४ जनाले
आयु लम्बाउने एआरटि औषधि सेवन गरीरहेका छन । जस मध्य जिल्लाको पृथ्बिचन्द्र अस्पताल बाट ९३ जनाले सो
औषधि सेवन गरीरहेको पौडेलले जानकारी दिए । एच आईभि संक्रमित बालबालिकाको सख्या ४२ रहेको छ जसमा २१ जना
वालक र २१जना वालिका रहेको जिल्ला श्वास्थ्य कार्यलयले जनाएको छ ।
nawalparasi hiv aids program 2

एचआईभि
प्रभावित वालवालिकाको सख्या भने २ सय ४६ रहेको कार्यलयले जनाएको छ । हाल सम्म जिल्लामा एच आईभि संक्रमित
भएर ८३ जनाको मृत्यु भएको समेत पौडेलले बताए ।

एचआईभि संक्रमित आमा
बाट बच्चा जन्माउदा बच्चामा एचआईभि नसरोस भन्ने बिधि पि.एम.टि.सीटी. जिल्लाको २१ व्टा स्वास्थ्य सस्था
बाट र रगत परीक्ष्ँण सहितको ए.सी.टि सेवा ८ स्थानबाट प्रदान गरीएको पौडेलले बताउनु भयो ।
nawalparasi hiv aids
program

एच. आई.भि. र एड्स
सम्बन्धी प्रभावकारी रोकथाम,हेरचाह,सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै वृहतर
रुपमा जनचेतना जगाउने र भावी कार्यक्रमको लागि बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन्
१९८८ देखि हरेक बर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन