४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा करीब ५ सय एचआईभि संक्रमित, आज २८ औं बिश्व एडस् दिवस मनाइयो

१५ मंसिर २०७२, मंगलवार ११:२७

दयाराम आचार्य/ मंसिर १५, नवलपरासी । आज डिसेम्बर १ तारिख “दिगो बिकाश
लक्ष्य प्राप्तिको लागि ,एडस महामारीको अन्त्य” भन्ने नारका साथ २८ औ विश्व एड्स दिवस मनाईएको छ

एच आई भि को क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले आज
देशैभर विविध कार्यक्रमको आयोजना गरेका छन ।
नवलपरासीमा रहेको लुम्बीनी पल्स,सहभागि एफपान लगाएतले
पनी आज कावासोतीमा जनचेतनालक स्टल संगै स्वास्थ्य परिक्षणको कार्यक्रम गरेका छन ।
nawalparasi hiv aids program 1

यस्तै कालिगण्डकि कलेजले पनि आज कालिगण्डकि चोक बाट फलफुल चोक सम्म एचआईभि
सम्बन्धि जनचेतनामलुक र्यालि निकालेको थियो ।

नवलपरासीमा एचआईभि
संक्रमित को संख्या ५ सयको हाराहारीमा पुगेको छ । जिल्ला स्वाश्य कार्यलय नवलपरासीका टिभि एचआईभि फोकल
पर्सन रामचन्द्र पौडेलले दिएको जानकारी अनुसार हाल जिल्ला मा एचआईभि संक्रमितको संख्या ४ सय ९४ जना
रहेका छन । जस मध्य पुरुष २ सय ४३ र महिला २ सय ५१ जना रहेको उनले बताए । हाल सम्म पहिचान हुने सख्या
यति भए पनि अझै लुकेर बसेको संख्या यसको दोब्बर हुन सक्ने पौडेलले बताए । संक्रमित मध्य २ सय ५४ जनाले
आयु लम्बाउने एआरटि औषधि सेवन गरीरहेका छन । जस मध्य जिल्लाको पृथ्बिचन्द्र अस्पताल बाट ९३ जनाले सो
औषधि सेवन गरीरहेको पौडेलले जानकारी दिए । एच आईभि संक्रमित बालबालिकाको सख्या ४२ रहेको छ जसमा २१ जना
वालक र २१जना वालिका रहेको जिल्ला श्वास्थ्य कार्यलयले जनाएको छ ।
nawalparasi hiv aids program 2

एचआईभि
प्रभावित वालवालिकाको सख्या भने २ सय ४६ रहेको कार्यलयले जनाएको छ । हाल सम्म जिल्लामा एच आईभि संक्रमित
भएर ८३ जनाको मृत्यु भएको समेत पौडेलले बताए ।

एचआईभि संक्रमित आमा
बाट बच्चा जन्माउदा बच्चामा एचआईभि नसरोस भन्ने बिधि पि.एम.टि.सीटी. जिल्लाको २१ व्टा स्वास्थ्य सस्था
बाट र रगत परीक्ष्ँण सहितको ए.सी.टि सेवा ८ स्थानबाट प्रदान गरीएको पौडेलले बताउनु भयो ।
nawalparasi hiv aids
program

एच. आई.भि. र एड्स
सम्बन्धी प्रभावकारी रोकथाम,हेरचाह,सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै वृहतर
रुपमा जनचेतना जगाउने र भावी कार्यक्रमको लागि बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन्
१९८८ देखि हरेक बर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ