१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा पहिलो पटक कृत्रिम पशु गर्भाधान सेवा सञ्चालन

२० माघ २०७३, बिहीबार ०२:३२

माघ २०, दार्चुला । जिल्ला पशुसेवा कार्यालय दार्चुला र चमेलीया बहुमुखी प्राविधिक कलेज गोकुलेश्वरको सहकार्यक्रमा दार्चुला जिल्लामा पहिलो पटक कृत्रिम पशु गर्भाधान सेवा सञ्चालन भएको छ । 

“पब्लीक प्राईभेट पार्टनसीप” कार्यक्रममा आधारित भई सरकारी र निजी संस्थाको सहकार्यमा दार्चुलाको गोकुलेश्वरमा सामुदायिक कृत्रिम पशु गर्भाधान केन्द्र स्थापना गरी पशुहरुको कृत्रिम गर्भाधान गर्न थालिएको हो ।

गोकुलेश्वरमा रहेको सामुदायिक कृत्रिम पशु गर्भाधान केन्द्रबाट पौष अन्तिम सातादेखि जमुनापारी जातको बाख्रा, जर्सी र होलीस्टीन जातको गाई र मुर्रा जातको भैसीँको कृत्रिम गर्भाधान सञ्चालन गरिएको चमेलीया बहुमुखी प्राविधिक कलेजका प्रिन्सीपल खीमप्रसाद सापकोटाले जानकारी दिए ।

उक्त केन्द्रमा वीर्य संरक्षणका लागि आवश्यक पर्ने लीक्वीड नाईट्रोजन ढुवानीमा केही असहज भएको बरिष्ठ पशुचिकित्सक डा. बसन्त बहादुर सिंहले बताए । लिक्वीड नाईट्रोजन ढुवानीका लागि जिल्ला पशु सेवा कार्यालय बैतडीसंग समन्वय गरि सहज बनाउन पनि पहल गरिरहेको डा. सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा नक्कली प्रहरी पक्राउ भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी ‘चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग’ अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड नेप्से परिसूचक १० अङ्कले बढ्यो कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो विश्वकपको ट्रफी नेपालमा ल्याइने ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल