४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट महोत्सवमा हालसम्म एकलाख दर्शक

२० माघ २०७३, बिहीबार ०३:३८

माघ २०, नुवाकोट । चौथो नुवाकोट महोत्सवमा छैटौँ दिनसम्म एकलाख दर्शकले अवलोकन गरेको महोत्सव आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

महोत्सवको पहिलो र दोस्रो दिन आधा जिल्ला बन्द रहेपनि दर्शकको उल्लेख्य सहभागिता रहेको थियो भने बन्द खुलेपछि झनै बढेको आयोजकले जनाए । 

बुधबार महोत्सवको सचिवालयमा भएको पत्रकारसम्मेलनमा महोत्सवको छैटौँ दिनसम्म एक लाख दर्शकले महोत्सव अवलोकन गरिसकेको नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा चौथो नुवाकोट महोत्सवका आयोजक समितिका संयोजक ताराबहादुर कार्कीले बताउनुभयो । 

उहाँका अनुसार बालबालिका र वृद्धलाई निःशुल्क र पहिलो दिन सबैलाई निःशुल्क प्रवेश गर्न दिइएको समेत हिसाब गर्दा एकलाख दर्शक पुगेको छ । “एक लाख दर्शकले अवलोकन गरिसकेका छन् । अझै पनि दिनहरु बाँकी रहेका छन् । महोत्सवमा सहभागी भएर महोत्सव सफल बनाइदिनु होला”, कार्कीले भन्नुभयो, “हाम्रा कमजोरी भएपनि औँल्याइदिनुहोला । महोत्सवमा आकर्षक र उत्कृष्ट कलाकार आउँदैछन् । जिल्लाको सबै क्षेत्रलाई समेट्ने प्रयास गरेका छौँ ।” 

पत्रकारसम्मेलनमा सङ्घका प्रवक्ता सन्तोष उप्रेतीले सामाजिक सञ्जालमा आइरहेका सल्लाह, सुझाव र प्रतिक्रियालाई समेत ध्यानमा दिएर सुधारसमेत गरेको बताउनुभयो । कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष राजन श्रेष्ठले महोत्सवलाई सफल बनाउन जिल्लाका सबै क्षेत्रले ध्यान दिनुपर्ने र सहभागिता जनाउनुपर्ने बताउनुभयो । 

माघ १४ देखि २४ गतेसम्म आयोजना गरिएको ११ दिने महोत्सवमा सवारीसाधन, लघु तथा घरेलु, हस्तकला, सेवामूलक संस्था, कृषि, पशु, माछा, स्थानीय उत्पादनहरु रुद्राक्ष, केराका परिकार, भूकम्प प्रतिरोधी घर बनाउने प्रविधिको जानकारी दिने लगायतका स्टलहरु महोत्सवमा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ