माघ २२, मनहरी | छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी झैँ बनेर लोकप्रिय हाँस्यकलाकार मनोज गजुरलेले तेस्रो मनहरी महोत्सवमा धमाका मच्चाएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २२, मनहरी | छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी झैँ बनेर लोकप्रिय हाँस्यकलाकार मनोज गजुरलेले तेस्रो मनहरी महोत्सवमा धमाका मच्चाएका छन् । "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

तेस्रो मनहरी महोत्सवमा देखिए नरेन्द्र मोदी !

२२ माघ २०७३, शनिबार १५:४६


माघ २२, मनहरी | छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी झैँ बनेर लोकप्रिय हाँस्यकलाकार मनोज गजुरलेले तेस्रो मनहरी महोत्सवमा धमाका मच्चाएका छन् । 

महोत्सवको शनिबारको प्रस्तुतिमा निम्ता गरिएका नक्कली मोदीलाई हेर्न दर्शकको ठूलो भीड लागेको थियो । भीड थाम्न आयोजकलाई हम्मे हम्मे नै परेको थियो । गजुरेलले नेपालप्रति भारतले हेपेको बारे व्यंग्यात्मक प्रस्तुति दिएका थिए । अन्तमा उनले नेपालप्रति गरिएको व्यवहारप्रति माफी माग्दा दर्शकहरुले ताली बजाएका थिए । 

शनिबार अर्का गायक पशुपति शर्माले पनि नेपाली लोक तथा दोहोरी गीत गाएर दर्शकलाई मनोरन्जन दिए । उनले विभिन्न चर्चित गीतहरु गाएका थिए । उनले ‘मलाई अमेरिका यही, सिंगापुर नि यहीँ’ बोलको गीत निकै चर्चित रहेको छ । उनले गीत गाउँदा दर्शकहरु छमछम्ती नाचेका देखिन्थे । 

त्यसैगरी सहिमा श्रेष्ठले पनि लोक तथा आधुनिक गीतहरु प्रस्तुत गरेर दर्शकलाई मनोरन्जन दिएकी थिइन् । स्थानीय कलाकारहरु रामप्रसाद पौडेल, सीता कँडेल, प्रमिला आले, गोविन्द अधिकारीले प्रस्तुत गरेको दोहोरी गीतमा दर्शकहरु नाचेका थिए । त्यसैगरी सिर्जना कला केन्द्र र कलिउड कला केन्द्रका तर्फबाट नृत्यहरु प्रस्तुत भएको थियो आइतबार गायक हेमन्त शर्मा र गायिका एबम् मोडल ज्योति मगर आउने भएका छन् । 

त्यसैगरी माघ २४ गते सुगम पोखरेल, माघ २५ गते शिव परियार र माघ २६ गते प्रमोद खरेल आउने निश्चित भएको आयोजकले जनाएको छ । महोत्सवमा हालसम्म ३ करोड ५० लाख रुपियाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा १० वटा भन्दा बढी ट्रेक्टर नै बिक्री भइसकेको जनाइएको छ । त्यसका अलावा अरु घरायसी सामानहरु, कृषि सामग्रीहरु बिक्री निकै बढेको आयोजक समितिका आर्थिक संयोजक नारायण सुवेदीले जानकारी दिएका छन् । 

माघ १४ गतदेखि सुरु हुने भनिएपछि हावाहुरीले असर पारेपछि माघ १६ गते मात्रै महोत्सव सुरु भएको हो । २ दिन ढिला गरी सुरु भएको महोत्सवको अबधि थप दुई दिन थपी माघ २६ गतेसम्म पुर्याइएको मूल आयोजक समितिका संयोजक एबम् मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गोविन्द रिजालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड