माघ २२, मनहरी | छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी झैँ बनेर लोकप्रिय हाँस्यकलाकार मनोज गजुरलेले तेस्रो मनहरी महोत्सवमा धमाका मच्चाएका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २२, मनहरी | छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी झैँ बनेर लोकप्रिय हाँस्यकलाकार मनोज गजुरलेले तेस्रो मनहरी महोत्सवमा धमाका मच्चाएका छन् । "/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

तेस्रो मनहरी महोत्सवमा देखिए नरेन्द्र मोदी !

२०७३, २२ माघ शनिबार १५:४६


माघ २२, मनहरी | छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी झैँ बनेर लोकप्रिय हाँस्यकलाकार मनोज गजुरलेले तेस्रो मनहरी महोत्सवमा धमाका मच्चाएका छन् । 

महोत्सवको शनिबारको प्रस्तुतिमा निम्ता गरिएका नक्कली मोदीलाई हेर्न दर्शकको ठूलो भीड लागेको थियो । भीड थाम्न आयोजकलाई हम्मे हम्मे नै परेको थियो । गजुरेलले नेपालप्रति भारतले हेपेको बारे व्यंग्यात्मक प्रस्तुति दिएका थिए । अन्तमा उनले नेपालप्रति गरिएको व्यवहारप्रति माफी माग्दा दर्शकहरुले ताली बजाएका थिए । 

शनिबार अर्का गायक पशुपति शर्माले पनि नेपाली लोक तथा दोहोरी गीत गाएर दर्शकलाई मनोरन्जन दिए । उनले विभिन्न चर्चित गीतहरु गाएका थिए । उनले ‘मलाई अमेरिका यही, सिंगापुर नि यहीँ’ बोलको गीत निकै चर्चित रहेको छ । उनले गीत गाउँदा दर्शकहरु छमछम्ती नाचेका देखिन्थे । 

त्यसैगरी सहिमा श्रेष्ठले पनि लोक तथा आधुनिक गीतहरु प्रस्तुत गरेर दर्शकलाई मनोरन्जन दिएकी थिइन् । स्थानीय कलाकारहरु रामप्रसाद पौडेल, सीता कँडेल, प्रमिला आले, गोविन्द अधिकारीले प्रस्तुत गरेको दोहोरी गीतमा दर्शकहरु नाचेका थिए । त्यसैगरी सिर्जना कला केन्द्र र कलिउड कला केन्द्रका तर्फबाट नृत्यहरु प्रस्तुत भएको थियो आइतबार गायक हेमन्त शर्मा र गायिका एबम् मोडल ज्योति मगर आउने भएका छन् । 

त्यसैगरी माघ २४ गते सुगम पोखरेल, माघ २५ गते शिव परियार र माघ २६ गते प्रमोद खरेल आउने निश्चित भएको आयोजकले जनाएको छ । महोत्सवमा हालसम्म ३ करोड ५० लाख रुपियाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा १० वटा भन्दा बढी ट्रेक्टर नै बिक्री भइसकेको जनाइएको छ । त्यसका अलावा अरु घरायसी सामानहरु, कृषि सामग्रीहरु बिक्री निकै बढेको आयोजक समितिका आर्थिक संयोजक नारायण सुवेदीले जानकारी दिएका छन् । 

माघ १४ गतदेखि सुरु हुने भनिएपछि हावाहुरीले असर पारेपछि माघ १६ गते मात्रै महोत्सव सुरु भएको हो । २ दिन ढिला गरी सुरु भएको महोत्सवको अबधि थप दुई दिन थपी माघ २६ गतेसम्म पुर्याइएको मूल आयोजक समितिका संयोजक एबम् मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गोविन्द रिजालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन