२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा कसरी भयाे दलितमाथि जरिवाना, मन्दिरमा किन गए वि.क. ?

२०७३, २४ माघ सोमबार ०४:२२

माघ २४, रामेछाप । रामेछाप जिल्लाको बेताली गाविसमा दलितले मन्दिर प्रवे्रश गरेको भन्दै प्रहरी कार्यालय बेतालीका हवल्दार र गाविस कर्मचारीको आँखै अगाडी स्थानीय एक दलितलाई मन्दिरका पुजारीहरुले पाँच हजार जरिवाना गराई तत्काल रुद्रि लगाएर मन्दिर चोख्याएका छन् ।

बेताली गाविसको वडा नंं ३ मा रहेकोे शेराकाली महांकालथान मन्दिरमा शनिबार सोहि वडाका कृष्णकुमार वि.क.ले पुजा गरेको भन्दै मन्दिरका पुजारीद्धय वेताली–३ का छत्रबहादुर वुढाथोकी र भिमबहादुर बुढाथोकीले ज्यानै मार्ने सम्मको धम्की दिइ उक्त रकम असुलेका हुन् । 

मन्दिरमा किन गए वि.क. ?

स्थानीयहरुले मन्दिरमा प्रत्येक शनिबार र मंगलबार निसन्तान मानिसहरु सन्तान प्राप्तीको लागि, यूवाहरु विदैशिक रोजगार फलदायी बनाउन र बोलि नआएका बालवच्चाहरुको बोली फुराउन उक्त मन्दिरमा गएर भाकल गर्ने गर्दछन् । भाकल अनुसारको बली चढाई पूजाआजा गरेपछि समस्या समाधान हुने जनविश्वास रहेको छ । सोहि जनविश्वास अनुसार वि.क.ले पनि आफ्नो छोरी दुई वर्षको हुँदा पनि वोली नआएकाले उनकी श्रीमतीले उक्त मन्दिरमा गई पाठी पूजा गर्ने भाकल गरेकी थिइन् । भाकल गरेअनुसार कृष्ण पाठी पूजा गर्न शनिबार मन्दिर पुगेका थिए । 

पुजारीद्धयको हर्कत !

वि.क. मन्दिर भित्र प्रवेश गर्नसाथ दलित किन मन्दिर भित्र पसेको भन्दै पूजारीले बाहिर निकाली गाली गलौज गर्न थाले । पीडित कृष्णकुमारले “हामी चाँहि पस्नै नमिल्ने भनेर आफ्ना कुरा राख्दै गर्दा खुरुक्क ५ हजार जनिवाना तिर् नभए तेरो ज्यान लिन्छौँ” भन्दै पुजारीहरुले नै दुव्र्यवहार गरेका थिए । त्यतिवेला सम्म वि.क.ले पैसा तिर्न मानिरहेका थिएनन् । त्यतिकैमा पुजारी छत्रबहादुरले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर कार्की र स्थानीय सामाजसेवी गुञ्ज ब. कार्कीलाई फोन गरेर सोधे गुञ्जबहादुरले फोन मार्फत नै कामीहरुलाई कुनै हालतमा पनि त्यतिकै नछाड्नु ५ हजार जरिवाना तिराएर मात्र छोड्नु र सो रकमले मन्दिरमा रुद्रि लगाएर मात्र अरु पूजा गर्नु भनेर आदेश दिएपछि सोहि वमोजिम पुजारी र स्थानीय गैर दलितहरु एकमुख लागे । 

पुजारीलाई सम्झाउँने प्रयास, तर पुजारीद्धारा अस्वीकार !

छिमेकी गाविस फर्पु र दोलखाको च्यामाबाट आएका भक्तजनहरुले “हाम्रो गाउँमा भएको मन्दिरमा त सवैलाई प्रवेश गर्न दिन्छौं” भनेका थिए भने स्थानीय लालध्वज कार्कीले “उसैले बनाएको मन्दिरमा पस्दा केहि वाधा पर्दैन, यसरी जरिवाना गराउनु भनेको हामी आफैं तल पर्नु हो” भनेर सम्झाउँदै थिए । तर, पुजारी र स्थानीय गैरदलितहरुले त्यसोभए त्यो कामीलाई नै पुजारी बनाएर पुजा गर्नुस् भन्दै त्यसो भन्नेलाई नै पुजारीले धम्क्याएपछि सयौंको संख्यामा रहेका ती भक्तजन पनि चुपचाप रहे । त्यस्तै अर्का एक स्थानीय नेते जोगीले मेरो पनि पाठी चामल सवै तँ आफै लगेर जे गर्छस् गर भनी धम्क्याएका थिए । 

घटनामा क–कसले के भने ? 

सुरु देखि नै घटनाक्रम नियालीरहेका प्रहरी कार्यालय वेतालीका हवल्दारले “अहिले मिलाएर पुजाआजा गर्नु यदि जिल्लामै लानुपर्ने भए म कृष्णलाई मात्र होइन सवैजनालाई लैजान्छु” भन्दै प्रतिकृया दिएका थिए । झडप हुने स्थिति आएपछि अन्तिममा ज्यान जोगाउन भएपनि “अहिले पैसा तिर कहाँ गएर बोल्नुपर्छ म बोल्छु” भनेर गाविस प्राविधिक वावुराम घिमिरेले अह्रायपछि पीडित वि.क.ले पाँच हजार तिरेका थिए । पीडितले पाँच हजार तिरेको प्रमाण खोज्दा घिमिरेले चाहिन्न म नै भएँ प्रमाण समेत भनेको पीडितको भनाई छ । 

पीडकहरुद्वारा घटनालाई चुनौती

पीडकहरुले घटना घटाए पश्चात दलितहरु कहाँ जाँदा रहेछन् प्रशासन लगेपनि हामी जान तयार छौ भन्दै घटनालाई चुनौँती दिईरहेको र पीडकहरुले अझैपनि धम्क्याइरहेको एक स्थानीयले जानकारी दिए ।

संबिधानमा छुवाछुत सम्बन्धि ब्यबस्था 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने