२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

बँदेलको अतिक्रमणबाट विस्थापित हुँदै काभ्रेका स्थानीयवासी

२०७३, २४ माघ सोमबार ०६:२४

माघ २४, काभ्रे । बालुवापाटी गाविसका नेत्रप्रसाद ढकाल विगत केही वर्षदेखि बँदेलको अतिक्रमणका कारण ज्यादै नै पीडित हुनुहुन्छ । बँदेलले बालीनाली सबै नष्ट गरिदिएपछि उहाँ निकै चिन्तित हुनुहुन्छ । 

परिवारको प्रमुख आयस्रोत नै खेतीपाती भएकाले बँदेलले बाली नोकसानी गर्दा लगाउन भोकमरीको समस्या आएको उहाँ बताउनुहुन्छ । 

ढकाल जस्तै उक्त क्षेत्रका अन्य स्थानीय बासिन्दा पनि बँदेलको कारण पीडित छन् । अर्का स्थानीयवासी दोमबहादुर घोरसाइने बँदेलले दुःख दिन थालेपछि आफ्नो सबै जग्गा बाँझै राख्नुपर्ने अवस्था आएर विगत पाँच वर्षदेखि खेतीपाती गर्न बन्द गर्नुपरेको बताउनुहुन्छ । 

बँदेलले खेती गर्न नदिएपछि गाउँमा भैंसी पाल्न थालेको बताउने उहाँ बँदेलले बाली आउन नदिएपछि पशुपालनमा समेत समस्या भएको दुःखेसो गर्नुहुन्छ ।

उक्त गाविसका स्थानीय एकातिर भूकम्पका कारण पीडित छन् भने अर्कातिर बँदेलको अतिक्रमणका कारण झनै ठूलो समस्यामा छन् । 

भूकम्पका कारण घर भत्किएर बस्ने ठाउँ नभएको र अर्कातिर बँदेलले सम्पूर्ण बालीनाली नष्ट गरिदिएका कारण गाउँबाट वसाइ सर्ने सोचाइ बनाएको बालुवापाटी– ९ का सुब्बा गुरुङ बताउनुहुन्छ । बँदेलले सबै बालीनाली नष्ट गरिदिएपछि ज्याला गरेर परिवार चलाउन बाध्य भएको उहाँलाई बाध्यता भएको छ । 

बालुवापाटी गाविसका नौवटा वडाका स्थानीय बँदेलको अतिक्रमणका कारण ठूलो समस्यामा छन् । बँदेलले दुःख दिन थालेपछि बालुवापाटी गाविसका थुपै्र घरधुरी विस्थापित भइसकेको अवस्था छ । साथै बँदेलकै अतिक्रमणका कारण उक्त गाविसका सयौं रोपनी जमिन बाँझै छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन