१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा खानेपानी मर्मतका योजनाहरुमा विवाद

२६ माघ २०७३, बुधबार १६:०२

माघ २६, दार्चुला । दार्चुला जिल्लामा चालु आर्थिक बर्षमा सञ्चालन हुने खानेपानी मर्मतका योजनाहरुमा धेरै ठाउँमा विवाद भएको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय दार्चुलाले जनाएको छ । 

असार १६ गतेरातीको अविरल बर्षासँगै आएको बाढी पहिरोबाट क्षती भएका २ सय बढी योजनाहरुमा जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय दार्चुलाबाट मर्मत गर्नको लागि बजेट निकासा भएको छ ।

बाढी पहिरोबाट क्षती भएका जम्मा २ सय १५ योजना मर्मतको लागि सम्झौता गर्दा जिल्लाको घुसा, भगवती, पीपलचौरी र उकु गाविसमा बढी विवाद देखिएको खानेपानी तथा सरसफाई सव डिभिजन प्रमुख बिरभद्र जोशीले जानकारी दिनुभयो ।

हालसम्म ५० बढी योजनाहरुको सम्झौता भईसकेको र अरु योजनाहरुको सम्भौता पनि भईरहेको सबडिभिजन प्रमुख जोशीले जानकारी दिनुभयो । 

त्यसैगरी खानेपानी मर्मतका लागि सम्झौता गर्दा वास्तविक उपभोक्ता समितिलाई मात्रै सिफारीस गरी पठाइ दिन जिल्ला खानेपानी कार्यालयले सबै गाविसलाई पत्राचार गरेको पनि सब डिभिजन प्रमुख बिरभद्र जोशीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन