२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा दुईवटा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७३, २७ माघ बिहीबार ०६:१०

माघ २७, चितवन । चितवनको दारेचोकस्थित कुरिनटारमा दुईवटा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । 

गएराति ८ः३० बजेको समयमा भएको सो दुर्घटनाबाट दारेचोक–३ कुरिनटारका २० वर्षीय पूर्णबहादुर चेपाङ गम्भीर घाईते भएका थिए । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा राति नै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । 

सुरुमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ग ८ प ६५६७ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । लगत्तै पुनः ग ९ प ५३५१ नंको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । 

उनको उपचारका क्रममा गएराति करिब ९ः३० बजेतिर भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ । शव भरतपुर अस्पतालमै राखिएको छ । 

बिहेभोज खाएर आएका मृत भेटिए 

यसैबीच, दक्षिण चितवनको माडीका एक पुरुष सुतेकै अवस्थामा मृत भेटिएका छन् । माडी नगरपालिका–५ बस्ने ३६ वर्षीय हरि तिवारी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

छिमेकी जीवन महत्तोको छोराको विवाहमा भोज खाई उनी घर आएर सुतेका थिए । बुधबार तिवारी सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षक अरविन्दकुमार दुवेदीको नेतृत्वमा प्रहरी घटनास्थलको मुचुल्का उठाएको जनाइएको छ । 

शवपरीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो । घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन