२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अब चितवनमा पनि लोडसेडिङ नहुने

२०७३, २७ माघ बिहीबार ११:२१

माघ २७, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं र पोखरापछि अब चितवनमा पनि लोडसेडिङमुक्त बनाएको छ। 

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनलाई लोडसेडिङ मुक्त बनाउने घोषणा गरेका थिए। ‘प्रधानमन्त्रीज्यूको घोषणा अनुसार टाँडी र भरतपुर क्षेत्रमा नियमित बिजुली आपूर्ति भइरहेको छ’, प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘भरतपुरमा विद्युत प्रसारणमा प्राविधिक समस्या थियो। त्यो समाधान गरेर घरेलु प्रयोगका लागि अहिले २४ सै घन्टा बिजुली आपूर्ति भइरहेको छ।’ 

उनले त्यो क्षेत्रका उद्योगमा भने केही समयसम्म लोडसेडिङ हुने बताए। देशभरि नै क्रमशः लोडसेडिङ हटाउँदै जाने योजनाअनुसार चितवनमा पनि लोडसेडिङ हटाइएको घिसिङले बताए।

 काठमाडौं आसपासका १० जिल्लामा यो वर्ष लक्ष्मीपूजाको दिनदेखि नै प्राधिकरणले बिजुली नियमित आपूर्ति गरेको थियो। पुसको पहिलो सातादेखि पोखरासहित आसपासका जिल्लामा लोडसेडिङ भएको छैन। विराटनगर पनि अहिले लोडसेडिङमुक्त जस्तै छ। घिसिङले आउँदो बर्खापछि देशभरि नै लोडसेडिङ नहुने गरी काम भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन