१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अब चितवनमा पनि लोडसेडिङ नहुने

२७ माघ २०७३, बिहीबार ११:२१

माघ २७, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं र पोखरापछि अब चितवनमा पनि लोडसेडिङमुक्त बनाएको छ। 

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनलाई लोडसेडिङ मुक्त बनाउने घोषणा गरेका थिए। ‘प्रधानमन्त्रीज्यूको घोषणा अनुसार टाँडी र भरतपुर क्षेत्रमा नियमित बिजुली आपूर्ति भइरहेको छ’, प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘भरतपुरमा विद्युत प्रसारणमा प्राविधिक समस्या थियो। त्यो समाधान गरेर घरेलु प्रयोगका लागि अहिले २४ सै घन्टा बिजुली आपूर्ति भइरहेको छ।’ 

उनले त्यो क्षेत्रका उद्योगमा भने केही समयसम्म लोडसेडिङ हुने बताए। देशभरि नै क्रमशः लोडसेडिङ हटाउँदै जाने योजनाअनुसार चितवनमा पनि लोडसेडिङ हटाइएको घिसिङले बताए।

 काठमाडौं आसपासका १० जिल्लामा यो वर्ष लक्ष्मीपूजाको दिनदेखि नै प्राधिकरणले बिजुली नियमित आपूर्ति गरेको थियो। पुसको पहिलो सातादेखि पोखरासहित आसपासका जिल्लामा लोडसेडिङ भएको छैन। विराटनगर पनि अहिले लोडसेडिङमुक्त जस्तै छ। घिसिङले आउँदो बर्खापछि देशभरि नै लोडसेडिङ नहुने गरी काम भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन