१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

शैक्षिक प्रदर्शनी एक सय विद्यालयबाट अवलोकन

२७ माघ २०७३, बिहीबार १३:२७

माघ २७, भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा आयोजना भएको तीनदिने बृहत् शैक्षिक प्रदर्शनी एक सय १० भन्दा बढी विद्यालयका विद्यार्थीले अवलोकन गरेका छन् । 

ख्वप उच्च माविको १७ औँ ख्वप कलेजको १५ औँ र शारदा क्याम्पसको २६ औँ वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको प्रदर्शनीमा एक सय २८ कक्ष रहेको कलेजका प्राचार्य एवम् संयोजक रुपक जोशीले जानकारी दिनुभयो । 

सो अवसरमा आयोजित साहित्यिक कार्यक्रममा श्यामकृष्ण खुलिमुली, एलके सुन्दर, सुशन बस्नेत, शालिकराम दुलाल, रेखा न्यौपाने, प्रज्ञा ढुङ्गाना, रेश्मा थापालगायतले कविता वाचन गरेका थिए । वार्षिकोत्सवकै अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा दुई सय १५ जनाले रक्तदान गरे । 

रनिङ सिल्ड क्रिकेट प्रतियोगिता शुक्रबार 

सैनिक आवासीय महाविद्यालय भक्तपुरमा शुक्रबारदेखि प्रधानसेनापति कप टि २० रनिङ शिल्ड क्रिकेट प्रतियोगिता २०७३ सुरु हुने भएको छ । 

प्रतियोगितामा उपत्यकाका १५ विद्यालयका १६ समूहले भाग लिने आयोजक महाविद्यालयका प्रशासकीय अधिकृत हरि पौडेलले जानकारी दिनुभयो । 

त्यसैगरी महाविद्यालयमा प्रथम सैनिक आवासीय महाविद्यालय उपत्यकाव्यापी अन्तर स्कुल गणिती हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता आगामी फागुन १८ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन