२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछाप सांस्कृतिक कलाकार समाजको अध्यक्षमा प्रकाश कटुवाल निर्विरोध निर्वाचित

२०७३, २८ माघ शुक्रबार ०६:०९

प्रज्वल पौडेल । माघ २८, काठमाडौ । रामेछाप सांस्कृतिक कलाकार समाजको अध्यक्षमा नेपाली लोक तथा दोहोरी गायक प्रकाश कटुवाल निर्विरोध निर्वाचित भएका छन् । बिहिबार काठमाडौंमा भएको रामेछापका कलाकारहरूको भेलाले कटुवालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्मित कार्यसमिति बरिष्ठ उपाध्यक्ष रामकुमार पौडेल,उपाध्यक्षमा सीता थापा, रामकुमार कार्की र सुन्दर बिरही पाख्रीन, महासचिव उत्तम पौडेल,प्रवक्ता कुमार कार्की,सचिव बिफा घिसिङ् ,सहसचिव उत्तम सुबेदी कोषाध्यक्ष नबिना घिसिङ् ,सह(कोषाध्यक्ष युनिक भोजराज बि।क रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा प्रेमशिला योञ्जन्, सन्ध्या सानु घताने, सुन्दर गोपाल पौडेल, सुरज लामा (घिसिङ्) , एच्। बी। कार्की बिन्दास् ,तीर्थ बिरक्त पाख्रीन्, बिनोद लामा, सुशान्त कार्की, एच्। बी। रसाईली, संगम लामीछाने निर्वाचित भएको समाजले जनाएको छ ।

यसैविच रामेछाप सांस्कृतिक कलाकार समाजको नयाँ कार्यसमितिमा अत्यन्तै जुझारु टिम आएकोले आफू खुसि भएको अध्यक्ष कटुवालले बताउनुभयो । उहाँले भन्नुभयो( म पनि अत्यन्तै खुशी छु,आगामी दिनमा समितिले रामेछापका कलाकारहरुको हितमा काम गर्ने विस्वास छ । कला क्षेत्रको विकासका लागि सबैले सहयोग गर्ने उहाँले आशा व्यक्त गर्नुभयो । रामेछाप जिल्लामा जन्मिएर कलाकारिता क्षेत्रमा होमिएका गायक प्रकाश कटुवालको माग पछिल्लो समयमा नेपाल भित्र र बाहिर हुने महोत्सव तथा विभिन्न कार्यक्रममा बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन