२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन सुधार मार्ग चित्र २०७३ घोषणा

२०७३, ५ फाल्गुन बिहीबार ०६:४४

फागुन ५, चितवन । नेपाली नागरिकलाई छिटो, सहज र सरल तरिकाले सार्वजनिक सेवा प्रदान गर्नका लागि चितवन सुधार मार्ग चित्र २०७३ घोषणा गरिएको छ । 

भरतपुरस्थित जिल्ला विकास समितिको सभाहलमा बुधवार आयोजना गरिएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विभिन्न सरकारी तथा गैरसरकारी निकायबीच समन्वय कायम गरी सो मार्ग चित्र घोषणा गर्नुभएको हो । 

नेपालको ऐन कानुन, सरकारले जारी गरेका विभिन्न घोषणापत्रलाई आधार मानेर नेपाली नागरिकलाई प्रभावकारी सेवा दिने उद्देश्यले प्रजिअ भट्टकै योजनाअनुसार चितवन सुधार मार्ग चित्र २०७३ घोषणा गरिएको हो । 

जसलाई सुशासन, विकास र प्रभावकारी सेवाका लागि चितवन सुधार मार्ग चित्र २०७३ भनिएको छ । घोषणा गर्दै प्रजिअ भट्टले यसलाई अभियानकै रुपमा लिन आग्रह गर्नुभयो । 

राजनीतिक दललगायत विभिन्न सरकारी गैरसरकारी निकायबीच सामूहिक प्रतिबद्धता, समन्वय गरी सेवा प्रवाह गर्ने, प्रभावकारी सेवाका लागि दबाब दिने, अनुगमन गर्ने निकायलाई प्रभावकारी बनाउने र सेवालाई निगरानी बढाउन आह्वान गर्ने उद्देश्यले चितवन मार्ग चित्र २०७३ घोषणा गरिएको हो । 

जिल्लाको समग्र पक्षको सुधारका लागि सामूहिक प्रतिबद्धता आवश्यक भएकाले यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार चितवन मार्ग चित्रमा सार्वजनिक सेवा प्रवाहमा सुधारका लागि सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको प्रयास गर्ने, विकास व्यवस्थापन, शान्ति सुरक्षा, प्रत्येक कार्यालयको समग्र व्यवस्थापन र सरसफाइलाई प्राथमिकतामा राखिएको छ । 

यो अभियानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन तथा सहजीकरण संयन्त्र गठन भएको छ । संयन्त्रमा राजनीतिक दलका प्रमुख सदस्य छन् । 

यस्तै स्थानीय विकास अधिकारी, सुरक्षा निकायका प्रमुख, भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत, उपभोक्ता अधिकार मञ्चका प्रमुख, पत्रकार महासङ्घ चितवनका अध्यक्ष, ट्रान्सपरेन्सी इन्टरनेसनलका प्रमुख सदस्यको रुपमा रहनेछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा