नन्दराम जैशी/फागुन ५, जुम्ला । चन्दननाथ मन्दिरको मुर्ति चोरीको अभियोगमा पक्राउ परेका दुईजनालाई जेल चलान गरिएको छ ।

अदालतको आदेश अनुसार चन्दननाथ नगरपालिकाको वडा नम्बर २ निवासी जयकृष्ण आचार्य र मुर्ति चोरी हुनुपूर्व पुजारीको रुपमा काम गर्दै आएका मौलेश्वर गिरीलाई पुर्वपक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

बुधबार बेलुका उनीहरुलाई पूर्वपक्षका लागि कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नावय उपरिक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो । गत मंसिर ११ गते राती मुर्ति चोरी भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । झण्डै दुई महिनाको अनुसन्धानपछि दुईजनालाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

चन्दननाथ मन्दिरका मुर्तिहरुको खोजी गर्ने क्रममा हालसम्म ५ सय जनालाई सोधपुछ तथा अनुसन्धान गरिएको प्रहरीले बताएको छ । जसमा १५ जना जिल्ला बाहिरका र बाकी सबै जुम्लाकै रहेको र विभिन्न समस तथा विभिन्न क्षेत्रमा अनुसन्धान गरिएको सिआइबिले बताएको छ ।

अनुसन्धानको क्रममा मुर्ति चोरी कार्यमा संलग्न नाईके दुइ जनालाइ जेल चलान गरिएको र अन्य अभियुक्तहरुको खोजीकार्य जारी रहेको बताइएको छ । केहि समयमा दत्रातयको मुर्ति सहित बाकीँ चोरलाई जुम्लीबासी समक्ष सार्वजानिक गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुर्ति चोरीमा संलग्न दुईजना पुर्वपक्षका लागि जेल चलान
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment