१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा लेखापाललाई पहिलोपटक प्रशिक्षण

६ फाल्गुन २०७३, शुक्रबार ०५:३०

फागुन ६, रसुवा | सरकारी निकायबाट खरिद हुने सबै प्रकारका सामग्री एवम् विकास निर्माणका कार्यमा अपनाउनुपर्ने ऐननियमको प्रक्रिया दिशाबोध गराउन यहाँ कार्यरत लेखापालहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाका प्रमुख कोष नियन्त्रक सूर्य भण्डारीका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा यहाँ कार्यरत ४१ जना लेखापाललाई सार्वजनिक खरिदसम्बन्धी संशोधित ऐननियमको क्षमता अभिवृद्धिसम्बन्धी आधारभूत प्रशिक्षण प्रदान गरिएको हो । 

पहिलोपटक प्रदान गरिएको यस प्रशिक्षणले बजेटको परिधिभित्र रही कानुनको प्रक्रिया पूरा हुने र बेरुजुमा शून्यता आउने विश्वास गरिएको छ । बजेट खर्च गर्दा सरकारको पारदर्शी नीतिलाई आत्मसात गर्दै सूचना प्रकाशित हुने, गुणस्तरीय सामग्री खरिदबाट ग्रामीणवासीले दिगो विकासको प्रतिफल पाउने अपेक्षासमेत गरिएको प्रमुख कोष नियन्त्रक भण्डारीले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन