फागुन फागुन ६, तेह्रथुम । तेह्रथुमको म्याङलुङमा वर्षौंदेखि बसोबास गर्दै आएको घर र जग्गाजमिन मध्यपहाडी लोकमार्ग निर्माणले मासिन थालेको भन्दै स्थानीयवासीले आन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन फागुन ६, तेह्रथुम । तेह्रथुमको म्याङलुङमा वर्षौंदेखि बसोबास गर्दै आएको घर र जग्गाजमिन मध्यपहाडी लोकमार्ग निर्माणले मासिन थालेको भन्दै स्थानीयवासीले आन"/>

2026-10-18 04:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यपहाडी लोकमार्गबाट पीडितले थाले आन्दोलन


फागुन फागुन ६, तेह्रथुम । तेह्रथुमको म्याङलुङमा वर्षौंदेखि बसोबास गर्दै आएको घर र जग्गाजमिन मध्यपहाडी लोकमार्ग निर्माणले मासिन थालेको भन्दै स्थानीयवासीले आन्दोलन थालेका छन् । 

सडक निर्माणका क्रममा आफूहरुको गाँसबास नै उठ्ने र सुकुम्वासी हुनुपर्ने अवस्था सृजना हुने भन्दै म्याङलुङका करिब दुईसय घरधुरीले लोकमार्ग पीडित सरोकार समिति नै गठन गरेर कम क्षति हुनेगरी ट्र्याक परिवर्तन गर्न माग गरेका हुन् । 

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरोकार समितिले आफूहरुको आवासको अधिकारलाई रक्षा गर्दै लोकमार्ग निर्माण गर्न विभिन्न विकल्प सहितका माग राखेको छ । म्याङलुङ बसपार्कदेखि जिरीखिम्ती र हलिमेला जाने बाटोमा करिब एक किमी दूरीभित्र सडकको ट्र्याक परिवर्तन गर्न माग गरिएको सरोकार समितिका अध्यक्ष लालबहादुर खत्रीले बताउनुभयो । 

विभिन्न समयमा पत्रपत्रिकामा आएका समाचारमा लोकमार्गको चौडाइ आठ मिटर हुने र केन्द्रबाट दायाँबायाँ २५–२५ मिटरको सडक सीमा छोड्नुपर्ने उल्लेख गरिएकाले त्यसो गर्दा आफूहरुको घर, घडेरी र जमिन पूर्णरुपमा क्षति भएर सुकुम्वासी हुने उनीहरुको भनाइ छ । स्थानीयवासीले यो क्षेत्र बजार क्षेत्र भएकाले त्यसो गर्दा ठूलो क्षति हुने भन्दै बरु आफूहरु लोकमार्गका लागि १५ मिटरको बाटो छाड्न तयार रहेको विकल्पसमेत दिएका छन् । 

अन्यथा आफूहरु सुकुम्वासी हुने भएकाले कम क्षति हुनेगरी ट्र्याक परिवर्तन गर्न आफूहरुले माग गरेको अध्यक्ष खत्रीले बताउनुभयो । “संविधानमा आवासको अधिकारलाई मौलिक हकका रुपमा राखिए पनि एकथरी नागरिकलाई सुविधा दिने नाममा अर्को नागरिकको बास खोस्न मिल्दैन”, अध्यक्ष खत्रीले भन्नुभयो, “हामी विकास विरोधी हैनौँ, कम क्षति गरेर निर्माण गरौँ मात्रै भनेको हो ।” 

स्थानीयवासीले विकास आयोजना निर्माण गर्दा कुनै व्यक्तिको क्षति भएमा कानुनबमोजिम क्षतिपूर्ति वा मुआब्जा दिनुपर्ने भएपनि राज्यले आफ्नो शक्तिको आडमा जबर्जस्ती व्यक्तिगत सम्पत्तिमा आक्रमण गर्न खोजेको आरोप लगाएका छन् । “लोकमार्ग जिल्लाको सदरमुकाम भएर जानु राम्रो कुरा हो”, प्रभावित क्षेत्रका स्थानीयवासी उदयराज लिम्बूले भन्नुभयो, “तर मुख्य बजार भएर लोकमार्गबारे आएका समाचारमा उल्लेख भएजस्तै भए दशकौँअघि देखिको बजार नै पूर्णरुपमा विस्थापित हुन्छ ।” 

आफूहरुले धनकुटा बसपार्क र पाल्पा बसपार्कको जस्तै मुख्य बजारलाई तर्काएर लोकमार्ग निर्माण गर्न माग गरेको उहाँले बताउनुभयो । लोकमार्गको अस्पष्ट नीतिका कारण पनि स्थानीयवासी हैरान छन् । “राष्ट्रिय गौरवको आयोजना घर नजिकैबाट बन्दा खुसी नहुने कुरै भएन”, स्थानीयवासी शरदमणि दाहालले भन्नुभयो, “तर मापदण्ड कति हो ? सडक कत्रो बन्ने हो भन्ने स्पष्ट नहुँदा सडक छेउमा रहेको आफ्नो घर जग्गा ‘प्यारालाइसिस’ बनाएर राख्नु परेको छ ।” 

लोकमार्गको स्पष्ट खाका थाहा नहुँदा नगरपालिकाले यस क्षेत्रमा निर्माणाधीन आसपासका घरजग्गा नक्सापास र बैंकले दिने ऋणमा समेत प्रतिबन्ध लगाइएको छ । 

“जीवनभरको सम्पत्ति घरमा छ, आवश्यक पर्दा दुई पैसा निकालेर काम गर्न पनि नपाइने यो कस्तो व्यवस्था ?”, दाहालले भन्नुभयो, “कि अहिल्यै लोकमार्गले यति हडप्ने हो भनेर कित्ताकाट गर्नुप¥यो, हैन भने अल्मल्याएर हाम्रो सम्पत्ति प्यारालाइसिस बनाउँदै कर असुल्न पाइँदैन ।” 

जग्गा किनबेच गर्न बन्देज छ, तर कर चाहिँ तिरिराख्नु पर्छ, लोकमार्गको अस्पष्ट नीतिले हामी हैरान छौँ”, स्थानीयवासी शेखर सुवेदीले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु