१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अनुमति बिना कक्षा चलाउने चितवनका १९ विद्यालयलाई कारबाही

९ फाल्गुन २०७३, सोमबार ०७:१७

फागुन ९, चितवन । अनुमति बिना कक्षा सञ्चालन गर्ने जिल्लाका १९ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय चितवनले कारबाही गरेको छ । 

शिक्षा नियमावलीअनुसार कारबाही गरेर त्यहाँ अध्ययनरत् विद्यार्थीले कुन ठाउँमा परीक्षा दिने र कुन ठाउँबाट प्रमाणपत्र लिने सबै जानकारी दिन समेत निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिनुभयो । 

अर्यालका अनुसार चितवनका ती विद्यालयले कम्तीमा एकदेखि पाँच वटा कक्षासम्म अनुमति बिना सञ्चालन गरेको पाइएको छ । यसरी कक्षा सञ्चालन गर्ने सबै आधारभूत तह पढाउने विद्यालय रहेका छन् । 

विद्यार्थी र अभिभावकमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै अहिले विद्यालय र कक्षा सार्वजनिक नगरिएको र सबै व्यवस्थापन गरेपछिमात्र सार्वजनिक गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

नियमावलीले यसरी कक्षा सञ्चालन गर्ने विद्यालयलाई कम्तीमा रु पाँच हजारदेखि २५ हजारसम्म जरिवाना लगाउन सक्ने उल्लेख भएअनुसार प्रकृति हेरेर जरिवाना लगाइएको कार्यालयले जनाएको छ । 

उनीहरुले अर्को वर्ष कक्षा चलाउन नपाउने गरी लिखितपत्र पेस गर्नसमेत भनिएको अर्यालले बताउनुभयो । “केहीले जरिवाना तिर्न थालेका छन्, लिखित प्रतिबद्धता समेत माग गरेका छौँ, उहाँले भन्नुभयो ।” चितवनमा कुल १७६ निजी र ३७७ वटा सामुदायिक विद्यालय छन् । 

यहाँ कुल एक लाख ४३ हजार विद्यार्थी अध्ययनरत छन् । विगत लामो समयदेखि यसरी विद्यालयले अनुमति बिना चलाएको पाइएको जनाईएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन