४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा विद्यार्थीको मृत्युका कारण तनाव भएपछि सात राउण्ड हवाइ फायर

९ फाल्गुन २०७३, सोमबार ११:३६

फागुन ९, बनेपा । बनेपा ५ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले आज सात राउण्ड हवाइ फायर गरेको छ । 

आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले लाठी चलाउँदा तीन प्रहरी र तीन स्थानीय बासिन्दा सामान्य घाइते भएका बताइएको छ । 

सो विद्यालयमा दुई महिनादेखि छात्रावासमा रहँदै आएका काभ्रेपलाञ्चोकको उग्रतारा जनागाल–८ निवासी १७ वर्षिय कृष्णराम पुर्कोटी ९प्रमोद० को रहस्यमय ढङ्गले मृत्यु भएको छ । प्रहरीले उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ भने पीडित आफन्तले विद्यालय व्यवस्थापनले वास्ता नगरेको कारण मृत्यु भएको आरोप लगाएको छ । 

मृतकका फुपू सारिका पुर्कोटीले मृतकको शरीर र घाँटीमा नीलडाम भएको जिकिर गर्दै घटनाको सत्यतथ्य छानविन गर्न माग गर्नुभयो । जनजीवन सामान्य भएपनि पीडितका आफन्तले अहिले पनि प्रहरी कार्यालय बनेपामा घेराउ गरिरहेका छन् । 

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले घटनाको विस्तृत अनुसन्धान हुने विश्वास दिलाउँदै मृत्युको कारण शव परीक्षणको प्रतिवेदन आएपछि जानकारी हुने बताउनुभयो । 

विद्यालयको बेवास्ताका कारण उनको मृत्यु भएको भन्दै आक्रोशित भएका पीडितले विद्यालय परिसर छिरेर तोडफोड गरेका थिए । कक्षा १० मा अध्ययनरत विद्यार्थी पुर्कोटी प्रवेशिका परिक्षाको तयारी थिए । प्रहरीले कृष्णरामको कोठामा सुतेका विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ