२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

लोलोपोन्मुख र सङ्कटापन्न जडीबुटी भेटियो

२०७३, १० फाल्गुन मंगलवार ०६:४९

फागुन १०, बनेपा । काभ्रेपलाञ्चोकको राष्ट्रिय तथा सामुदायिक वनमा लोपोन्मुख र सङ्कटापन्न जडीबुटी फेला परेका छन् । 

महाभारत शृङ्खला डाँडापारिका गाविसका अधिकांश सामुदायिक वन र राष्ट्रिय वनमा त्यस्ता लोपोन्मुख जडीबुटी फेला परेको जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनालले जानकारी दिनुभयो । 

खासगरी ओखर, लौठसल्ला, जटामसी, सतुवा, सतिसाललगायत जडीबुटी काभ्रेपलाञ्चोकका लागि लोपोन्मुख तथा सङ्कटापन्न अवस्था रहेको मानिएका छन् । “प्राकृतिक रुपमा भएको दोहन र वन डढेलोका कारण जडीबुटी सङ्कटापन्न अवस्थामा छन्” जिल्ला वन अधिकृत खनालले भन्नुभयो । 

उहाँले जडीबुटी संरक्षणका लागि सामुदायिक वनलाई निःशुल्क रुपमा जडीबुटी वितरण भएको र जडीबुटीसम्बन्धी उद्योगमा अधिकतम रु १० लाखसम्म अनुदान दिइने जानकारी दिनुभयो । 

जिल्लामा दुई सय प्रजातिका विभिन्न जडीबुटी छन् । तीमध्ये ८१ वटाको मात्र पहिचान भएको जिल्ला वन कार्यालय, धुलिखेलले दिएको तथ्याङ्कमा उल्लेख छ । जडीबुटी मानव समुदायका लागि औषधिका रुपमा प्रयोग हँुदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य