नरी बडु, कात्र्तिक २१, बैतडी । स्थानिय कला संस्कृति र प्रयटन विकासका लागि आगमि मंसिर महिनामा हुन लागेको श्रीकेदार साँस्कृतिक महोत्सवको तयारी तिब्र पारीएको छ ।
महोत्सवले राखेको लक्ष पुरा गर्न र महोत्सवलाई व्यवस्थीत तरीकाले सम्पन्न गर्न विभिन्न किसमका तयारी तिब्र पारीएको हो ।
जसअन्र्तगत बैतडी जिल्लाका विभिन्न कार्यालय प्रमुख संगको भेटघाट छलफल र स्थानिय स्तरका जनतासंगको सुझाव संकलन कार्य गरीएको महोत्सवका संयोजक सुरेन्द्रप्रसाद भट्टले बताए ।
यस्तै मंगलबार महोत्सवको प्रचार प्रशार र महोत्सवलाई व्यवस्थीत रुपले सम्पन्न गर्न सहयोग होस भन्ने उद्देश्यले उक्त समुह गठन गरीएको छ ।
पत्रकार लोकेस साउदको संयोजकत्वमा ९ सदस्यीय पत्रकार सहयोग समुह गठन गरीएको महोत्सवका संयोजक सुरेन्द्रप्रसाद भट्टले बताए ।
राष्ट्रिय तथा स्थानिय कलाकारहरुको कला प्रदर्शन हुने उक्त महोत्सवको विभिन्न तयारीहरु तिब्र रुपमा भईरहेको र महोत्सव मंसिर १७, १८ र १९ गते पिपलकोटमा हुने भट्टले बताए ।
स्थानिय स्तरका कलाकारहरुको प्राय टुङ्गो लागेपनि राष्ट्रिय स्तरका कलाकार को–को लाई बोलाउने भन्ने बारेमा छलफल भईरहेको भट्टले बताए ।