१९ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा एक युवकको रुखमा झुन्डिएको अवस्थामा शव भेटियो

१४ फाल्गुन २०७३, शनिबार ०२:४६

फागुन १४, भक्तपुर । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका– ३ बालकोटमा शुक्रबार एक युवकको झुन्डिएको अवस्थामा शव भेटिएको छ । 

ओखलढुङ्गा घर भई हाल बागमती बस व्यवसायीद्वारा सञ्चालित बालकोट कलङ्की रुटमा चल्ने बा२ख ७०१० नंको माइक्रोबसका सहचालक (खलासी) का रुपमा कार्यरत अन्दाजी २१ वर्षीय आशिष खड्काको शव भेटिएको महानगरीय प्रहरी प्रभाग बालकोटका प्रहरी नायब निरीक्षक प्रकाश घिमिरेले जानकारी दिनुभयोे । 

भक्तपुरको बालकोट र ललितपुरको टीकाथलीको सिमानामा रहेको गोदावरी खोला पुलको किनारामा रहेको वरपिपलको रुखमा झुन्डिएको अवस्थामा बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ । हत्या हो या आत्महत्या भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प देश निर्वाचनमा केन्द्रित भयोः संयोजक दाहाल अमेरिकाको एरिजोनामा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह भेनेजुएलाको राजधानीमा विस्फोट,अमेरिकी हस्तक्षेपको आरोप देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छः मन्त्री खरेल सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण साँखु सालीनदीमा एकमहिने माधवनारायण मेला सुरु स्विट्जरल्यान्डको बारमा लागेको आगलागीमा मृत्यु सङ्ख्या बढ्ने आशङ्का, ११९ जना घाइते जेनजी आन्दोलनः ‘पसल पुगेर आउँछु’ भनेका निरज कहिल्यै फर्कनुभएन… कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प त्रिवेणीधाममा माधव नारायण मेला सुरु गाजामा गहिरिँदै मानवीय सङ्कट, दश लाखभन्दा बढीलाई आश्रयको खाँचो बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’ ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल