४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

ग्यासको चरम अभाव हुँदा आगो भड्डी निर्माण हुँदै

४ मंसिर २०७२, शुक्रबार ०४:३३

नरी बडु । मंसिर ४ बैतडी । भारतले गरेको अघोसित नाकाबन्दीका कारण ग्याँसको चरम अभाव हुँदा बैतडीको सदरमुकाममा रहेका होटलहरुमा परम्परागत आगो भड्डी निर्माण हुन थालेका छन् ।

करिब एक महिना यतादेखि जिल्लामा ग्याँसको आपुर्ति नभएपछि सदरमुकाम आसपासका ठाँउमा रहेका होटलहरुमा आगो भड्डीहरु निर्माण हुन थालेका हुन् । केहि होटल व्यवसायिहरुसंग ग्याँस स्टक भएपनि आफुले दुई महिना यतादेखि ग्याँस नपाएकोले परम्परागत आगो भड्डी निर्माण गरेको बैतडीको गोठलापानीका एक होटल व्यवसायि केशबराज भट्टले बताए ।

भट्टका अनुसार जिल्लामा ग्यासको अभाव भएको बताएपनि अधिकासंलाई भनसुनको अधारमा ग्याँस वितरण भईरहेको छ । तर यता प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने व्यापारीले बेच्न ल्याएको बस्तुमा कालोबजारी गर्न नपाईने र यदि ग्याँस लगायत अन्य पेट्रोलियम पदार्थको आपुर्ति भनसुनको आधारमा कालोबजारी गरे कडा भन्दा कडा कार्वाहि हुने बताए ।

अधिकारीका अनुसार पेट्रोलियम पदार्थको कालोबजारी, विक्रिवितरण र अनुगमनबारे मंसिर ६ गते जिल्ला स्थीत सरोकारवालाहरुको बैठक बस्दै छ । तिन महिना यतादेखि ग्याँसको आपुर्ति नभएकाले आफुहरुसंग रहेको सबै ग्याँस सिलिन्डरहरु सकिएको बैतडीको गडीस्थित भेरी ग्याँसका विक्रेता गणेश बोगटीले बताए ।

बोगटीका अनुसार भेरी ग्याँसको आपुर्ति नभएको ३ महिना भएपनि रेडिएन्ड ग्याँस भने आपुर्ति बन्द भएका १ महिनामात्रै भएको छ ।
होटल संञ्चालक समेत रहेका बोगटीले ग्याँसको अभाव हुँदा आफुले पनि दाउराबाट खाना पकाईरहेको जानकारी दिए । “केहि दिन स्टक रहेको ग्याँसले काम चलाईयो अब यसरीनै ग्यासको अभाव भए होटलनै गर्नुपर्ने समस्या आउनसक्छ” स्थानिय होटल व्यवसायि ललित जोशिले भने ।

खाना पकाउन जिल्लाको अधिकासं भागमा दाउरानै प्रयोग गर्ने भएपनि सदरमुकाममा भने ग्याँसबाट नै खाना पकाउने गरीन्छ ।
यसरी ग्याँसको चरम अभाव धेरैदिनसम्म रहे सदरमुकाम आसपासमा रहेका जंगल तथा रुखहरु फडानी हुन सक्ने सम्भावना रहेको स्थानियको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ