ताराबहादुर महत । फागुन १५, दोलखा । जोखिममा परेका बालबालिकाहरुको लागि जिल्लामा सुरक्षित आवास गृह नहुँदा समस्या भएको दोलखाका सरोकारवालाले वताएका छन् ।

बाल अधिकार संरक्षण सरोकारवालाहरुको लागि जिल्ला स्तरीय घटना सिफारीस सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । फागुन १५, दोलखा । जोखिममा परेका बालबालिकाहरुको लागि जिल्लामा सुरक्षित आवास गृह नहुँदा समस्या भएको दोलखाका सरोकारवालाले वताएका छन् ।

बाल अधिकार संरक्षण सरोकारवालाहरुको लागि जिल्ला स्तरीय घटना सिफारीस सम्"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

जोखिममा परेका बालबालिकालाई आवास गृह नहुँदा समस्या

१५ फाल्गुन २०७३, आईतवार १२:४०

ताराबहादुर महत । फागुन १५, दोलखा । जोखिममा परेका बालबालिकाहरुको लागि जिल्लामा सुरक्षित आवास गृह नहुँदा समस्या भएको दोलखाका सरोकारवालाले वताएका छन् ।

बाल अधिकार संरक्षण सरोकारवालाहरुको लागि जिल्ला स्तरीय घटना सिफारीस सम्वन्धी कार्याशाला बैठकका सहभागीहरुले जिल्लाको एक मात्र गौरीशंंकर बालगृह पनि व्यवस्थित रुपमा संचालन गरेर हिंसामा परेका बालबालिकाहरुको उचित व्यवस्थापन गर्नु पर्ने बताएका हुन । त्यस्ता बालबालिकाको समयमै व्यवस्थापन नगरिँदा उनीहरुले गलत बाटो पछ्याउन सक्ने भन्दै जिल्ला बाल कल्याण समितिको ध्यानाकर्षण गराईएको छ ।

बैठकमा जिल्ला बाल कल्याण समिति दोलखाका सुचना व्यवस्थापक शान्ती खड्काले घटना शिफारीस सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जिल्ला बाल कल्याण समिति दोलखाको आयोजना तथा इकाड्र्स दोलखाको सहयोगमा भएको कार्यक्रममा ईकाड्स दोलखाले कार्यक्रमका सहभागीहरुलाई भत्ता दिनका लागि  छुट्याईएको २५ हजार रुपैयाँ रकम बाल उद्धार कोषमा राखीएको छ । कोषबाट जिल्लामा हिंसामा परेका बालबालिकाहरुलाई सहयोग गर्ने गरेको जिल्ला बाल कल्याण समिति दोलखाका सुचना व्यवस्थापक खड्काले जानकारी दिनुभयो ।

जिल्ला बाल कल्याण समिति दोलखाका अध्यक्ष एव्म प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बाल कल्याण समिति दोलखाले प्रकाशन गरेको बाल सुधा पुस्तीकाको विमोचन समेत गरीएको थियो । पुस्तकमा जिल्लामा जोखीममा  परेका बालबालिकाको अवस्था लगायतका विषयमा उल्लेख गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर