१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखा क्याम्पसमा ताला अझै खुल्न सकेन, द्रब्य शाह बहुमुखी क्याम्पसमा निर्वाचनको तयारी पुरा

१७ फाल्गुन २०७३, मंगलवार १६:१९

जि.पि. पौडेल | फाल्गुण १७, गोरखा । गोरखा नगरपालीका ५ स्थित गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीले लगाएको ताला अझै खुल्न सकेको छैन । स्वतन्त्र बिधार्थी युनियनको चुनाव भोली हुने भनिए पनि अहिले सम्म क्याम्पसमा लगाइएको ताला नखुल्दा चुनाव हुने होकि हैन भन्ने अन्यौलता बढेको छ । सहमति सहकार्य, सम्झौताको प्रक्रिया अगाडी बढाउने प्रयास भइरहेको गोरखा क्याम्पसका निर्वाचन अधिकृत यदु अधिकारीले बताउनु भयो । गत शनिबार मनोनयन दर्ता गर्ने क्रममा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबिच कसको दर्ता क्रम पहिले हुने भन्ने विषयमा विवाद भएपछि अनेरास्ववियु क्रान्तिकारीले आईतबार गोरखा क्याम्पसमा तालाबन्दी गरेको थियो ।

निर्वाचन समितिले नेविसंघलाई दोस्रो र अखिल क्रान्तिकारीलाई तेस्रो क्रममा दर्ता गरेको थियो । पहिलो क्रममा भने नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघले मनोनयन दर्ता गराएको थियो । त्यसपछिको क्रममा दुबै विद्यार्थी संगठन एकैपटक मनोनयन दर्ता गराउन पुगेपनि निर्वाचन समितिले नेविसंघलाई दोस्रो र अखिल क्रान्तिकारीलाई तेस्रो क्रममा दर्ता गराएको थियो । 

यता जिल्लाको लक्ष्मीबजारमा रहेको द«व्य शाह बहुमुखी क्याम्पसमा भोली हनु स्ववियुको निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । कुनै रोकावट र समस्या बिना द्रब्य शाह बहुमुखी क्याम्पसमा भोली हनु स्ववियुको निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको निर्वाचन अधिकृत शंकर प्रसाद घिमिरे जानकारी दिनुभयो । भोली बिहान ८ बजे देखि २ बजेसम्म मतदान हुने निवाचन अधिकृत घिमिरेको भनाई रहेको छ । सो क्याम्पसबाट स्ववियु चुनावमा ३०१ जना मतदाता रहेको उहाँले बताउनु भयो । स्ववियु चुनावमा बिभिन्न पदमा सो क्यापसका प्रत्यक्ष तर्फ ३७ जनाको उम्मेद्वारी परेको छ । स्ववियुको सभापति पदमा ५ वटा बिधार्थी संगठनले उम्मेद्वारी दर्ता गराएको छ । अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी)का मनोज राना मगर, नेपाल विद्यार्थी संघका प्रविन बस्नेत, अनेरास्ववियूका सृष्टि लामा, नेपाल क्रान्तिकारी विद्यार्थी संघका कल्पना नेपाली, नयाँ शक्ति विद्यार्थी युनियनका अनुपम आचार्य स्ववियुको सभापति पदका लागी चुनावी मैदानमा उत्रने निर्वाचन अधिकृत शंकर प्रसाद घिमिरे जानकारी दिनुभयो । त्यस्तै सचिव पदका लागी अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी)का बालकृष्ण परियार, नेपाल विद्यार्थी संघका पुजा न्यौपाने, अनेरास्ववियूका सुरज श्रेष्ठ र नयाँ शक्ति विद्यार्थी युनियनका शुशिल गुरुङले उमेद्वारी दर्ता गराएको उहाँले जानकारी दिनुभयो । 

निवार्चन अधिकृत घिमिरेका अनुसार अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी)का सुकु गुरुङ, नेपाल विद्यार्थी संघका शोभा थापा, अनेरास्ववियू लक्ष्मण श्रेष्ठ र नयाँ शक्ति विद्यार्थी युनियनका संझना बयलकोटी कोषाध्यक्ष पदका लागी भिड्ने भएका छन् । त्यस्तै सदस्यमा ४ वटा बिधार्थी संघ–संगठनबाट ६÷६ जना गरि २४ जनाले उमेद्वारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट