२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुदूरपश्चिमका शक्तिपिठहरुमा पुजाआजा गर्ने क्रम जारी

३ मंसिर २०७२, बिहीबार २०:४५

नरी बडु, मंसिर ४ बैतडी ।
धार्मिक विश्वासले महत्वपुर्ण मानिने सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाहरुमा अहिले शक्तिपिठहरुको पुजाआजा गर्नेे क्रम चलिरहेको छ ।
यो महिना विषेस पर्व भएकाले शक्तिपीठहरुमा जात्रा सहितको पूजाआजा शुरु भएको हो ।
बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, रौलाकेदार,सिगासधुरा, महादेव मन्दिर, भवानी मन्दिर , श्रीकोटमा अवस्थित भिटाकेदार मन्दिर लगायतका ठाउँमा कार्तिक शुक्ल पक्षमा बिशेष पूजाआजा सहित जात्रा हुने गर्दछ ।
जिल्लाको दशरथचन्द नगरपालीकामा अवस्थीत त्रिपुरासुन्दरी भवगती मन्दिरमा आज विषेस जात्रा स्वरुप रांगाको बलि समेत चढाइन्छ ।
स्थानीय भाषामा रणशैनी नामले प्रसिद्ध सो मन्दिरको दर्शन गर्नका लागि सीमावर्ती भारतको झुलाघाट, पिथौरागढ लगायतका ठाउँबाट पनि भक्तजनहरु आउने गर्दछन् ।
उता मेलौली भगवती मन्दिर र रौलेश्वरमा रहेको भवानी मन्दिरमा पनि बलिसहित पूजाआजा गर्ने चलन रही स्थानिय भुवन भट्टले बताए ।
यस्तै बैतडीकै श्रीकोट गाविसको वडा नम्वर २ मा अवस्थित प्रसिद्ध भिटाकेदार मन्दिरमा पनि आज जात्रा हुने भएको छ ।
कार्तिक शुक्ल पञ्चमीदेखि सुरु भएको पुजाआजा, आज राती जात्रा पछी समापन हुने स्थानिय गोकर्ण बिष्टले बताए ।  भिटाकेदार मन्दिरमा पुजाआजा तथा जात्रा हेर्न श्रीकोट , देउलेक, श्रीकेदार , सित्तड , न्वाली , कटौजपानी लगायतका ठाउवाट समेत भक्तजनहरु आउने गर्दछन ।

Tripura-badi

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य