११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गाँउमा महोत्सव लगाउन आर्थिक संकलन

६ मंसिर २०७२, आईतवार ११:३१

नरी बडु, मंसिर ६, बैतडी । बैतडीको श्रीकेदारका स्थानियवासि आफ्नै गाँउमा साँस्कृतिक महोत्सव लगाउन आर्थिक संकलनमा जुटेका छन् ।
महोत्सवमार्फत स्थनिय कला, संस्कृति र प्रर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथि स्थनयि आर्थिक संकलनमा जुटेका हुन् ।

श्रीकेदार, न्वाली, श्रीकोट गाविस र दशरथचन्द नगरपालीकाका केही वडा हरुबाट स्थानियले स्वस्फुर्त रुपमा चन्दा दान गर्न थालेको महोत्सवको आर्थिक समितीका संयोजक हरिकृष्ण भट्टले बताउनुभयो ।

भट्टका अनुसार आर्थिक संकलनको कार्य अझै जारी रहेको र अहिलेसम्म स्थानियबासिहरुबाट मात्रै ७० हजार भन्दा बढी आर्थिक संकलन भएको छ ।

यस्तै जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुले पनि स्थानिय स्तरको कला संस्कृति र प्रयटन प्रर्वद्धनका लागि महोत्सव गर्न लागिएकाले सक्दो सहयोग गर्ने बताएका छन् ।

श्रीकेदारमा मंसिर १७, १८ र १९ गते हुन लागेको महोत्सव चन्दा दानमा स्थनियले भरपुर सहयोग गर्ने बताएपछि थप राष्ट्रिय कलाकार मगाउन र अन्य व्यवस्थापन गर्न संसिर २८, २९ र पुष १ गते सम्मका लागि सारिएको छ ।

आर्थिक संकलनको कार्य सोचेभन्दा राम्रो देखिएकाले महोत्सवलाई अझै उद्देश्यमुलक बनाउन विभिन्न तयारीहरु गर्नुपर्ने भएकाले महोत्सवको मिति सारीएको महोत्सवका संयोजक सुरेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

महोत्सवमा राष्ट्रिय कलाकारका प्रतिभाहरु तथा स्थनयि स्तरका भैलो, होरी, गौरा, सगुन र डेउडा लगायतका प्रतिभाहरु देखाईने संयोजक भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविसहित ७ जनालाई अदालत पुर्‍याइयो, आजै बयान शुरू हुने अजरबैजान विमान दुर्घटना : विमान चरासँग ठोक्किएको प्रारम्भिक निष्कर्ष भोजपुरमा स्कर्पियो दुर्घटना : १० जना घाइते, दुईको अवस्था गम्भीर धनुषामा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला प्रहरी प्रधान कार्यालयले ३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन दिए निर्देशन धनुषामा एक महिलाको शव गाडेको अवस्थामा फेला दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण पुग्यो अन्तिम चरणमा चार संसदीय समितिको बैठक आज बस्दै बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो रहने छ आजको मौसम ! हेर्नुहोस जाजरकोटको नायकवडा केन्द्र बनाएर बिहान गयो भूकम्प मिलनको अपराधले परिवारजन स्तब्ध, शोकाकुल आमा भन्छिन्– छोराकै मुखबाट सुन्न चाहन्छु अजरबैजान विमान दुर्घटना : ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार अवैध सुन तस्करीको सूचनापछि अपरेसन चलाउँदा ९२ लाख रकम बरामद कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेर्ने मन्त्रिपरिषद्को निर्णय : सहकारी बोर्ड खारेजदेखि राखेपमा ८ सदस्य नियुक्तिसम्म मिलनको मोबाइलमा भेटियो कुलप्रसाद र प्रविणको हातले बनाएर क्रस चिन्ह लगाइएको स्केच एआई प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ काठमाडौं आइपुगे सोनु निगम बालकोटमा हत्या गरिएका बाबु–छाेराको अन्त्येष्टि, ८१ वर्षीय षडानन्दले दिए छोरा–नातिलाई दागबत्ती