नवौं पश्चिमाञ्चल महिला महोत्सव शुरु ,कार्यक्रम उद्घाटन गर्न उपराष्ट्रपति पुन आउँदै

Posted on: 07 Mar, 2017

महेन्द्र केसी 

नवौ पश्चिमाञ्चल महिला महोत्सव आज देखि शुरु भएको छ । रेडियो दिदीबहिनीको सातौं बार्षिक उत्सव तथा १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारी आयोजना गरिएको महोत्सव आज देखि शुरु भएको हो ।कुश्माको बान्द्रेबेणीचौरमा हुने सो महोत्सवको उद्घाटन गर्नको लागि      उपराष्ट्रपति नन्दबहादुर पुन आउने भएका छन् । उपराष्ट्रपति पुनले  दिउँसो १ बजे कार्यक्रमको समुद्घाटन गर्ने आयोजकले जनाएको छ ।

महोत्सव आयोजक रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईले महोत्सवको तयारी पुरा भएको बताइन् । उनले महोत्सव अब उपराष्ट्रपतिको आथित्यतामा उद्घाटन गर्नको लागि मात्रै बाँकी रहेको जनाईन । 

उपराष्ट्रपति पुन महोत्सवको उद्घाटनको लागि आउने भएपछि पर्वतको सुरक्षा व्यवस्थालाई निकै कडा पारिएको छ । जिल्लाको सुरक्षा व्यवस्थाको लागि पर्वत भित्रने नाकाहरुमा विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरी प्रमुख शेखर खनालका अनुसार उपराष्ट्रपति पुन हेलिकप्टर मार्फत शसस्त्र क्याम्पमा १ बजे उत्रिने र २ घण्टाको समयअवधिसम्म पर्वतमा बस्ने बताए । उनले उपराष्ट्रपतिको सुरक्षाको लागि काठमाडौबाट सेना, छिमेकी जिल्ला बाग्लुङबाट प्रहरी समेत आउने र हरेक नाका र चोकमा चेकजाँच कडाइका साथ हुने उनले बताए । 

उपराष्ट्रति पुनको सुरक्षामा कुनै पनि कम्प्रमाइज हुदैन हामीले सुरक्षा व्यवस्थापनलाई प्रभावकारि र चुस्त बनाउनको लागि अवाश्यक जनशक्ति     बाहिरी जिल्लाबाट समेत भित्राउने योजनाका साथ लागि परेका छौ उनले भने । उनका अनुसार नेपाली सेना रिर्जभको भूमिका रहने छ भने नेपाल प्रहरी र शसस्त्र प्रहरी टोलीको मार्ग तथा महोत्व परिसरमा तैनाथ हुनेछन् । उपराष्ट्रपतिको सुरक्षार्थ सयौको संख्यामा नेपाली सेना, शशस्त्र प्रहरी र      प्रहरी फोर्सको परिचालन हुदैछ ।

फागुन २४ देखि ३० सम्म चल्ने महोत्सवमा १ सय भन्दा बढी स्टलहरु रहेको आयोजकले जनाएको छ । महोत्सवमा राखिएका स्टलहरु पुरा बुकिङ भैसकेको जनाएको छ ।

महोत्सवमा कृषि, शिक्षा,    परम्परागत प्रविधि, लघु तथा घरेलु उद्यम, होटल व्यवसायीहरुको स्टल  सहित कुल १०० स्टल रहने बताईएको छ । अघिल्ला वर्षहरुमा भन्दा फरक तरिकाले आयोजना गर्न लागिएको यस महोत्सवको मुख्य प्रायोजकमा नेपाल टेलिकम रहेको अध्यक्ष चापागाइले बताईन् । महोत्सवमा  जेष्ठनागरिक, एकल महिला, अनाथ तथा अपाङ्गता भएका व्यक्तिहरु १।१ सयको संख्यामा सम्मान गरिने आयोजकले जनाएको छ । 

महोत्सवको मुख्य आकर्षणको रुपमा भने प्रथम दिदीबहिनी कप महिला भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लामा सवैभन्दा ठूलो धन राशिको महिला भलिबल प्रतियोगिता हुन लागेको यो पहिलो हो । प्रतियोगितामा नेपालको चर्चित ५ महिला टोली र एक आयोजक गरी ६ टोलीको सहभागिता रहनेछ । नेपाल भलिबल संघ, जिल्ला खेलकुद विकास समिति र पश्चिमाञ्चल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा एक आयोजकसहित तीन विभागीय क्लब एपीएफ, नेपाल पुलिस र आर्मी तथा न्यु डायमण्ड एकेडमी र पश्चिमाञ्चल भलिबल संघको टिम सहभागीता रहने आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेताले टूफी तथा नगद १ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उपविजेताले ६० हजार तथा तेस्रो हुनेले ४० हजार पाउने छन् । यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, क्वीकर, ब्लकर, डिफेन्डर र प्रशिक्षकले जनही ३(३ हजार पुरस्कार प्रधान गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।महोत्सवमा रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, विभिन्न समुह तथा संस्थाहरुको ¥याली प्रतियोगिता, टपरी गाँस्ने लगायतका प्रतियोगिता  समेत संचालन हुनेछन् ।


रत्यौली प्रतियोगिताको लागि २० टोली, भजन प्रतियोगिताको लागि २५ र खुला तथा सामुहिक नृत्य प्रतियोगिताको लागि ३५ टोलीले सहभागीता जनाउने बताइएको छ । सो मेला तथा महोत्सव सम्पन्न गनएको लागि ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ । सो महोत्सवबाट जिल्लाको पर्यटन क्षेत्रको विकास र प्रर्वद्धन, स्थानीय धार्मिक तथा सांस्कृति विकास, जेष्ठ नागरिक,अनाथ,अपाङ्गता भएका व्यक्ति तथा एकल महिलाहरुलाई सम्मान गर्ने, महिला उद्यमीको सम्मान तथा बजार प्रबद्र्धन, कृषि तथा बनस्रोतमा आधारित उत्पादनहरुको विकास र विस्तार, स्थानीय लोपउन्मुख झाँकी, पञ्चेबाजा, भजन, लोकदोहोरी लगायतको संरक्षण र सम्बद्र्धन लगायतका मुख्य उदेश्यहरु      राखिएको छ । कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती समेत रहने भएको छ ।

चर्चित लोक गायकगायिक थान्नेश्वर गौतम ,पशुपती शर्मा, राजु परियार, कुलेन्द्र वि क, रामजी खाँड, राधिका हमाल, देवी घर्ति मगर, टिका पुन, तथा हास्य कलाकार लगायतको प्रस्तुती रहने रेडियोले जनाएको     छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!